पोखरा रोयल बचतको नाफा ७ करोड ७५ लाख
कास्की : पोखरामा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/०८० मा ३१ करोड ४२ आम्दानी गरि २३ करोड ६७ लाख खर्च भई ७ करोड ७५ लाख सञ्चालन बचत (नाफा) आर्जन गर्न सफल भएको छ ।
यो नाफा गत वर्षको तुलनामा १९.६० ले वृद्धि भएको हो । हाल सहकारीमा २७ प्रतिशत (४४ करोड २५ लाख) तरलता कायम छ । संस्थामा हाल ८ हजार ७ सय ९७ जना सदस्य, २१ करोड शेयर पुँजी, १ अर्ब ६४ करोड निक्षेप बचत, १ अर्ब ७६ करोड ऋण लगानी, शुद्ध संस्थागत पुँजी ८.१७ प्रतिशत (१८ करोड ७० लाख), ऋण जोखिम कोषमा ८ करोड ५० लाख (१००, ३५ र १ प्रतिशत) व्यवस्थापन गरेको छ भने कुल वासलात २ अर्ब २८ करोड पुगेको छ ।
प्रतिस्पर्धी वित्तीय बजारलाई मध्यनजर गर्दै संस्थाले केही वर्षदेखि विधुतीय सेवालाई तीव्रताका साथ सदस्य माझ पु¥याईरहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिए । हाल संस्थाले एटिएम सेवा, मोबाईल बैकिङ्ग सेवा, एसएमएस सेवा, र क्यू आर कोड प्रविधी मार्फत भुक्तानी सेवालाई सहजीकरण बनाउँदै आईरहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरि २ हजार बढी सदस्यहरुमा सामुहिक सहकारी लघु ऋण कार्यक्रम सञ्चालन गर्दै सहज र सरल वित्तीय सेवा गाँउ गाँउमा पु¥याईरहेको छ । संस्थाले नियमित रुपमा सहकारी शिक्षा, विस्तारित मञ्च, वित्तीय परामर्श, वित्तीय साक्षरता, प्रविधी साक्षरता, युवा तथा महिला केन्द्रित उधमशिलता सम्वन्धि सचेतना अभियान र सामुदायिक हितका दर्जनौ कार्यक्रमहरु सञ्चालन गरिरहेको ढकालले बताए ।
हाल संस्थाको कास्की, तनहुँ, स्याँङ्गजा, पर्वत र लमजुङ्ग गरि ५ जिल्ला कार्यक्षेत्र कायम छ भने बुद्धचोक पोखरा कास्की, दुलेगौडा तनहुँ, भण्डारढिक कास्की र मोहरिया कास्कीमा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।
चालु वर्ष संस्थाले युवा र स्वयंसेवी सदस्यहरुलाई परिचालन गर्दै सदस्य र समुदाय केन्द्रित १०० गतिविधी सञ्चालन गर्ने सूचना अधिकारी ढकालले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
