नेचुरल सहकारी स्तरीकरण कार्यक्रम ‘कोशिस’मा आवद्ध
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्तरीकरण कार्यक्रम ‘कोशिस’मा आवद्ध भएको छ । संगठनात्मक दिगोपन र संस्थागत सेवाहरूको लागि सहकारी स्वः नियमन कार्यक्रम (कोशिस) बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले संयुक्त रुपमा सञ्चालन गरेको स्तरीकरण कार्यक्रम हो ।
संस्थाले आज (शनिबार) एक कार्यक्रमको बीच बागमती प्रोस्कूनसँग सम्झौता गरेको हो । बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालको समेत उपस्थितीमा संस्थाले कार्यक्रम सम्झौता गरेको हो ।
वित्तीय सहकारी संस्थाहरूलाई वर्तमान अवस्थाबाट अपेक्षित अवस्थामा पुरÞ्याउनको लागि निश्चित मापदण्ड र सूचकहरूमा आधारित रहेर गरिने अनुगमन, मूल्यांकन, पृष्ठपोषण मार्फत गरिने सुधारका कृयाकलापको समष्ठि नै स्तरीकरण हो ।
बचत तथा ऋण सहकारीमा रहेको विद्यमान जोखिमको छिटो व्यवस्थापन गरी सदस्यहरूको बचत सुरक्षा गर्न स्तरीकरण कार्यक्रमले सघाउँछ । बचत तथा ऋण सहकारीको सबै किसिमको जोखिमबाट बचाउनका लागि स्तरीकरण कार्यक्रममार्फत मात्रै सम्भव रहेको विज्ञहरुको बताउँदै आएका छन् ।
संस्थाको स्वः नियमन क्षमता अभिवृद्धि एवम् सञ्चालन क्षमता र व्यवसायिक क्षमता विकास गर्दै स्तरीय सहकारी संस्था निर्माण गर्ने उद्देश्यका साथ स्तरीकरण कार्यक्रममा संस्था आवद्ध भएको संस्थाका प्रमुख कार्यकारी विकल्प पाठकले बताए ।

स्तरीकरण कार्यक्रमले जोखिमलाई व्यवस्थापन गरी सदस्यको बचत सुरक्षामा काम गर्ने बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए । ‘स्तरीकरण कार्यक्रम सजिलो विषय हैन । सम्पूर्ण काम गर्ने कर्मचारीले हो । सञ्चालक समितिले दिशा निर्देश मात्रै गर्ने हो ।’ नयाँ यात्र सुरु गर्दा सहज नहुने समेत दाहालले बताए । संस्था हिँडेको बाटो अवरोध गर्ने नभई यात्रामा सहजिकरण गर्ने काम बागमती प्रोस्कूनको भएको उनले बताए ।

वित्तीय विश्लेषण तथा कार्ययोजना निमार्ण सम्पन्न
संस्थाले आर्थिक वर्ष २०७९/०८० को वित्तीय विश्लेषण तथा २०८०/८१ को कार्ययोजना निमार्ण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार (आज) संस्थाको सञ्चालक समिमित र कर्मचारीको उपस्थितीमा वित्तीय विश्लेषण तथा कार्ययोजना निमार्ण सम्पन्न गरेको छ ।

संकटको बीचमा पनि सहज ढंगबाट संस्था सञ्चालन भएकोमा कर्मचारी र सदस्यहरुलाई संस्थाका प्रमुख विकल्प पाठकले धन्यवाद दिएका थिए । हालको विषम परिस्थितीमा पनि संस्थासँग १५ प्रतिशत तरलता रहेको उनले बताए ।
चालु आर्थिक वर्षभर सदस्य जागरण अभियान सञ्चालन गर्ने समेत संस्थाले घोषणा गरेको छ । सदस्यलाई सहकारी, संस्थाले प्रदान गर्ने सेवा लगायतका विषयमा बुझाउने गरी अभियान सञ्चालन गरिने बताए ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
