इमेज बचत संकटमा परेसँगै अन्य ६ सहकारीको रकम जोखिममा
काठमाडौं : बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थामा समान प्रकृतिका अन्य सहकारीको पनि कारोबार रहेको खुलेको छ । उक्त संस्था संकटमा परेसँगै ६ वटा सहकारी संस्थाको रकम पनि जोखिममा परेको छ । यतिबेला संस्थाका अध्यक्षसहित ७ जना फरार छन् । एक सञ्चालक र २ जना कर्मचारीलाई थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।
इमेज सहकारीमा कालिका बहुउद्देश्यीय सहकारी संस्थाको ३९ लाख ८७ हजार ७ सय ९९ रुपैयाँ र पालुवा व्यवसायिक कृषि सहकारी संस्थाको २७ लाख ३७ हजार १ सय ५९ रुपैयाँ रहेको पाइएको छ । त्यस्तै बागलुङको भूपु शैनिक साकोसको ८३ लाख ७७ हजार १ सय २६ रुपैयाँ, गलकोट बहुउद्देश्यीय सहकारी संस्थाको ३ लाख ६ हजार ७ सय २३ रुपैयाँ र जीवन सागर महिला सहकारी संस्थाको ४५ हजार ५ सय रुपैयाँ रहेको पाइएको छ । त्यसैगरी म्याग्दीको रत्न बहुउद्देश्यीय सहकारी संस्थाको २५ हजार ८ सय ७७ रुपैयाँ पनि जोखिममा परेको छ । एउटा प्रारम्भिक सहकारीले अर्को प्रारम्भिक सहकारी संस्थासँग कारोबार गर्नु गैर कानुनी हो ।
इमेज सहकारीले एक अर्ब ५१ करोड हिनामिना गरेको भन्दै एक हजार चार सय ८१ जना बचतकर्ताले एक अर्ब ३० करोड बिगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
