२३ कात्तिक २०८३, सोमबार

नेफ्स्कूनको निमित्त सिइओमा सञ्जयराज तिमिल्सिना

२०८० साउन १, सोमबार
नेफ्स्कूनको निमित्त सिइओमा सञ्जयराज तिमिल्सिना

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सञ्जयराज तिमिल्सिना नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाशप्रसाद पोखरेलको करार सम्झौता सकिएपछि नेफ्स्कूनले तिमिल्सिनालाई निमित्त सिइओको नियुक्ती दिएको हो । पोखरेलको करार सम्झौता असार ३१ गते सकिएको थियो । पोखरेल नेफ्स्कूनबाट बिदाई समेत भैसकेका छन् ।
साउन महिनाको अन्तिम साता बस्ने नेफ्स्कून बोर्ड बैठकले सिइओ नियुक्तीको प्रक्रिया टुंगो लगाउने छ । उक्त बोर्ड बैठकले सिइओ नियुक्ती गर्ने वा सञ्जयराज तिमिल्सिनालाई कामु सिइओको जिम्मा दिने निर्णय गर्नेछ । नयाँ प्रक्रियाबाट सिइओ नियुक्ती गर्ने निर्णय भएको अवस्थामा पनि तिमिल्सिना कामु सिइओ बन्नेछन् ।

स्रोतका अनुसार नेफ्स्कून भित्रैबाट सिइओ बनाउने तयारी समेत भएको छ । तर, केही सञ्चालक भने बाहिरका व्यक्तीबाट सिइओ बनाउने अडानमा छन् । नेफ्स्कून भित्रै सक्षम व्यक्ती हुँदा हुँदै बाहिरबाट सिइओ बनाउन नहुने पक्षमा समेत केही सञ्चालक उभिएका छन् ।

नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा पुषमा हुँदैछ । साधारण सभा अघि नयाँ सिइओ नियुक्ती नहुने नेफ्स्कून स्रोत बताउँछ ।

अभिलेख

लोकप्रिय