सहकारी पिडितद्वारा सिंहदरबार घेराउ, माइतीघर मण्डलामा बिरोध प्रदर्शन
काठमाडौं : सहकारी पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर बचत फिर्ताको माग राख्दै माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन् ।
गत जेठ २० गते देखि नै माइतिघरमा धर्ना बस्दै आएका सहकारी पीडितहरुले असार २७ गते देशब्यापी रुपमा प्रर्दशन सुरु गर्ने भनिएपनि उक्त कार्यक्रम स्थगित गरिएको थियो । पीडितले आज बिहान माइतीघर मण्डलामा सडक अवरुद्ध गर्ने, सिंहदरबार घेराउ गर्नेदेखि नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला पनि लगाएका थिए । ताला भने प्रहरीले खाेलीसकेकाे छ । आन्दोलन गर्ने कतिपयलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।
पीडितले सिंहदरबारको दक्षिण गेट बन्द गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै, माइतीघरमा सडक अवरुद्ध गर्न खोजेपछि १० जनालई नियन्त्रणमा लिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
