२३ कात्तिक २०८३, सोमबार

इटहरी उपमहानगरले भन्यो, ‘सहकारीलाई समस्याग्रस्त हुनबाट जोगाउने जिम्मेवारी सदस्यको हो’

२०८० असार ३०, शनिवार
इटहरी उपमहानगरले भन्यो, ‘सहकारीलाई समस्याग्रस्त हुनबाट जोगाउने जिम्मेवारी सदस्यको हो’

सुनसरी : इटहरी उपमहानगरपालिकाले सहकारीबाट ऋण लिएका ऋणी सदस्यलाई समयमा ऋण तिर्न आग्रह गरेको छ। सहकारीका केही ऋणी सदस्यले भाखा भित्र ऋण नतिरेको गुनासो आएको उल्लेख गर्दै उपमहानगरपालिकाले सबै सदस्यलाई सयम भित्र नियमित किस्ता, साँवा र व्याज बुझाउन आग्रह गरेको हो ।

सहकारीमा ऋणी सदस्यले समयमा ऋण नतिर्दा बचतकर्ता सदस्यहरुको वचत रकम फिर्ता गर्न र संस्था संचालनमा समस्या उत्पन्न भएर सिंगो संस्थानै समस्यामा पर्न थालेको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले ऋण तिर्न बिलम्व गर्ने सदस्यलाई आफुले लिएको ऋणको किस्ता नियमित गर्न, ऋणको साँवा व्याज तोकिएको भाका भित्र बुझाई आफु जस्तै अन्य सदस्यहरुको वचत रकम फिर्तामा सहयोग गर्न आग्रह गरेको छ ।

साथै आफ्नो सहकारी संस्था लाई समस्याग्रस्त हुन बाट जोगाउने जिम्मेवारी सामूहिकरुपमा सम्पूर्ण सदस्यहरुको भएको समेत स्मरण गराएको छ ।

अभिलेख

लोकप्रिय