नवीकरण भएन नेफ्स्कूनका सिइओको करार सम्झौता
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाशप्रसाद पोखरेलको करार सम्झौता नवीकरण नहुने भएको छ । आज बसेको नेफ्स्कून सञ्चालक समितिको बैठकमा सिइओको करार सम्झौता नविकरण गर्ने वा नयाँ सिइओ नियुक्ती गर्ने भन्ने विषयमा छलफल नै भएन । पोखरेलको कार्यकाल यही महिना सकिदै छ ।
आजको बैठकको एजेण्डामै सिइओको विषय नपरेपछि पोखरेलको करार सम्झौता नवीकरण नहुने पक्का भएको हो ।
२०७६ असार १ गते नायव प्रमुख कार्यकारी अधिकृत पदमा नेफ्स्कून प्रवेश गरेका पोखरेल २०७७ साउन १ गते का.मु. सिइओमा नियुक्त भएका थिए । पोखरेल २०७८ मंसिरमा सिइओ बनेका थिए ।
कार्यकाल सकिने मिति नजिकिदै गर्दा सिइओ पोखरेल बिदामा बसेका छन् ।
सिइओ बिदामा बसेपछि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा सञ्जयराज तिमिल्सीनाले पाएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
