२३ कात्तिक २०८३, सोमबार

ऋणीकाे विवरण र सञ्चालककाे तीन पुस्ते तीस दिनभित्र पठाउन सहकारी विभागकाे निर्देशन

२०८० असार २३, शनिवार
ऋणीकाे विवरण र सञ्चालककाे तीन पुस्ते तीस दिनभित्र पठाउन सहकारी विभागकाे निर्देशन

काठमाडौं : सहकारीहरुले रु १ कराेडभन्दा बढी ऋण लगानी भएका व्यक्ति वा संस्थाकाे विवरण संघीय सहकारी विभागमा पठाउनु पर्ने भएकाे छ । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ काे साधारण सभामा उपस्थिति तथा निर्णयकाे प्रमाणित प्रतिलिपी, लेखापरीक्षण प्रतिवेदन समेत विभागमा पठाउनु पर्ने भएकाे छ ।

यति मात्रै नभई सञ्चालक समिति, लेखा समिति र व्यवस्थापककाे नागरिकको प्रतिलिपीसहित तीन पुस्ते विवरण पनि पठाउनु पर्ने भएकाे छ । विभागले तीस दिन भित्र सम्पूर्ण विवरण अनिवार्य बुझाउनु पर्ने र नबुझाएमा कानुन बमोजिम कारबाही हुने समेत जनाएको छ ।

सहकारी ऐन २०७४ काे दफा ७३ मा सहकारीहरुले प्रत्येक वर्ष रजिस्ट्रार समक्ष ताेकिएकाे विवरण अनिवार्य पठाउनुपर्ने व्यवस्था छ।

अभिलेख

लोकप्रिय