२३ कात्तिक २०८३, सोमबार

इमेज सहकारी पिडितद्वारा राँके जुलुस प्रदर्शन

२०८० असार २०, बुधबार
इमेज सहकारी पिडितद्वारा राँके जुलुस प्रदर्शन

बागलुङ : इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले बचत फिर्ताको माग गर्दै राँके जुलुस प्रदर्शन गरेका छन् । संस्थाका अध्यक्ष देवकुमार नेपाली फरार भएपछि बचतकर्ताहरुले आज राँके जुलुस प्रदर्शन गरेका हुन् ।

बागलुङ नगरपालिका-३, स्थित लाङ्घालीचोकबाट निस्केको राँके जुलुसलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । राँके जुलुससहित सयौंको संख्यामा निस्केका बचतकर्ताले प्रहरीको घेरा ताेड्दै संस्थाको कार्यालयमा पुगेका थिए । जुलुसमा सहभागी बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली र नेपाल सरकार विरुद्ध नारा लगाएका थिए ।

बचतकर्ताहरुले भाेली बागलुङ बजारमा शक्ति प्रदर्शन गर्ने समेत तयारी गरेकाे छ । अध्यक्ष नेपालीले संस्थाको १ अर्बभन्दा बढी रकक हिनामिना गरेकाे आराेप छ।

अभिलेख

लोकप्रिय