बचत फिर्ता नगराएर सहकारी बचाउनुको अर्थ छैन: रजिस्ट्रार घिमिरे
काठमाडौं : सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउन नसकिने बताएका छन् ।
बचतकर्तालाई न्याय प्रदान गर्न नसकिएको खण्डमा सहकारी बचाउनुको औचित्य पनि नरहेको उनको भनाई छ । ‘सहकारी बचाउनुपर्छ, तर बचतकर्तालाई अन्यायमा पारेर होइन । बचत फिर्ता नगराएर सहकारी बचाउनुको कुनै अर्थ पनि छैन । बचतकर्तालाई न्याय प्रदान गर्न सकिएन भने त्यो सहकारी बच्दा पनि बच्दैन’, उनले भने ।
बचतकर्ताहरुले सहकारीलाई गरेको विश्वासमा संकट आएको कारणले अहिले सहकारीहरुमा समस्या देखिएको उनको बुझाई छ । विश्व आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा पनि परेको उनको दाबी छ ।
‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे’ मा रिपोर्टर्स क्लब नेपालले गरेका साक्षात्कार कार्यक्रम नेपालको वित्तिय क्षेत्रको १९ प्रतिशत हिस्सा सहकारीले ओगटेको उनले बताए ।
सहकारीको सिद्धान्तअनुसार समूदायमा आधारित हुनुपर्ने भएपनि नेपालमा बचतकर्तामा आधारित बनाउँदा समस्या आएको उनले बताए । सहकारीको पैसा बचतकर्तामामात्रै लगानी गर्ने सहकारीको सिद्धान्त भएपनि सञ्चालकहरुले घरजग्गा र शेयर कारोबारमा लगानी गर्दा अहिलेको समस्या आएको उनको आरोप छ । नेपालमा सहकारीलाई पैसा संकलनको माध्यममात्रै बनाइँदा समस्या उत्पन्न भएको उनले बताए । अहिले साना तथा ठूला सबै प्रकारका सहकारीमा समस्या रहेको सहकारीका सञ्चालकहरु सदस्यहरुसँग टाढा हुँदापनि समस्या विकराल हुँदै गएको उनको बुझाई छ ।
उनले संस्थाको सञ्चालकले बचतकर्तालाई बचतको सुरक्षा छ भनेर भन्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको बताए । विश्वका विकसित मुलुकको विकास सहकारीबाट नै भएको बताउँदै उनले नेपालमा पनि सहकारी अभियान अगाडि बढाउन आवश्यक रहेको बताए ।
आफ्नो सिमित स्वार्थ पूरा गर्नमात्रै काम गरेका केही सञ्चालकहरुलाई पाता कस्ने काम सरकारले गरिरहेको उनको भनाई छ । धितो नराखी ऋण दिएको खण्डमा सञ्चालकको जायजेथाबाट भएपनि बचतकर्ताको बचत रकम फिर्ता गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
