२३ कात्तिक २०८३, सोमबार

मुलडाँडा बहुउद्देश्यीय सहकारीले कर्जा नतिरेपछि केन्द्रीय संघले निकाल्यो सूचना

२०८० असार २०, बुधबार
मुलडाँडा बहुउद्देश्यीय सहकारीले कर्जा नतिरेपछि केन्द्रीय संघले निकाल्यो सूचना

काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा रहेको मुलडाँडा बहुउद्देश्यीय सहकारी संस्थाले कर्जा नतिरेको भन्दै केन्द्रीय संघले ३५ दिने सूचना जारी गरेको छ । संस्थाले लिएको कर्जा नतिरेको भन्दै नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकार संघ, ललितपुरले ऋणी संस्थालाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना बुधबार जारी गरेको हो ।

संस्थाले व्यवसायीक प्रयोजनका लागि लागेको कर्जाको साँवा, ब्याज लगायत अन्य दस्तुर आदि नतिरेको र संघसँग गरेको सम्झौता उंल्लघन भएको जनाएको छ । संघले सम्पूर्ण लेना रकम चुक्ता गर्न पटक–पटक लिखित तथा मौखिक रुपमा ताकेता गरेको र सो गर्दा समेत संघको कर्जा चुक्ता गर्ने तर्फ कुनै चासो नदेखाएको भन्दै कर्जा चुक्ता गर्न अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरुको नाममा सूचना जारी गरेको जनाएको छ ।

३५ दिन भित्र कर्जाको सम्पूर्ण साँवा, ब्याज आदी चुक्ता नगरेको खण्डमा धितोमा राखेको जग्गा लिलाम बिक्री गरी कर्जा असुल गर्ने जनाएको छ ।

सहकारीको अध्यक्षमा समिरन राई, उपाध्यक्ष राम सुन्दर कार्की, सचिव यशोदा बुढाथोकी, कोषाध्यक्ष पविन राई रहेका छन् । यस्तै सदस्यहरुमा हेम बहादुर महर्जन, हुकमेन जिमी राई, नारायण थापा मगर रहेका छन् ।

अभिलेख

लोकप्रिय