२ असार २०८३, मङ्गलबार

सहकारीकाे रकम हिनामिना गर्ने व्यक्ति चुनाव लड्न नपाउने

२०८० असार १८, सोमबार
सहकारीकाे रकम हिनामिना गर्ने व्यक्ति चुनाव लड्न नपाउने

काठमाडौं : अब सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा पनि उम्मेदवार हुन नपाउने भएकाे छ । निर्वाचन आयोगले सहकारी संस्थामा रहेर रकम हिनामिना गरेको व्यक्तिलाई समेत उम्मेदवार हुनबाट रोक्न प्रस्ताव गरेको छ ।

‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो प्रस्ताव गरिएको हो। प्रस्तावित विधेयकमा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधान राख्दै भनिएको छ, ‘कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही प्रचलित कानुन विपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि नोक्सानी पुर्याएको व्यक्ति उम्मेदवार हुन पाउने छैन।’

अभिलेख

लोकप्रिय