सरकारले सहकारीलाई कानूनी रुपमा सहजीकरण गर्नुपर्छ : सभामुख घिमिरे
काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले सहकारीको विकास र प्रवर्धनका लागि कानूनी रुपमा सहजीकरण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघ, नेपालले १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित विशेष समारोहमा उनले भने, `कसैको निहित इच्छापूर्तिका लागि होइन, सहकारीको उद्देश्य हासिल गर्न नेपाली सहकारीकर्मीहरु लाग्नुपर्छ ।´ सभामुख घिमिरेले समाज परिवर्तनका लागि सहकारी मजबुत खम्बा भएकाले सहकारी क्षेत्रको विभिन्न निकायमा रहेर काम गर्ने सरोकारवालाहरुले नबिराउनु/नडराउनु भन्ने आदर्शलाई मूल मन्त्र मानेर काम गर्नुपर्ने बताए ।

साथै प्रतिनिधिसभामा सहकारीलाई लिएर बहस हुने गरेको चर्चा गर्दै उनले कानूनमा भएका कमीकम्जोरीहरुलाई केलाएर सहकारीमैत्री ऐन/नियमहरु बन्नेमा आफू विश्वस्त भएको बताए ।
महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा सभामुख घिमिरेले २०७९ सालमा देशका ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ/संस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाण पत्रले सम्मान गरेका थिए । महासंघले राष्ट्रिय सहकारी पुरस्कार २०७९ बाट सहकारी अभियन्ता डा.शान्तराज शर्मालाई सम्मान गरेको छ । जसको पुरस्कार रासी ५० हजार रहेको छ । उत्कृष्ट सहकारी पुरस्कार-२०७९ बाट जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोक पुरस्कृत भएकाे छ । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार- २०७९ कोशी प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लि. झापा, मधेश प्रदेशको साना किसान कृषि सहकारी संस्था सर्लाही, बागमती प्रदेशबाट ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था, काभ्रे, गण्डकी प्रदेशबाट मल्लाज बहुउद्देश्यीय सहकारी संस्था पर्वत, लुम्बिनी प्रदेशबाट तिलोत्तमा बहुमुखी सहकारी संस्था रुपन्देही, कर्णाली प्रदेशबाट त्रिपुरा महिला बहुउद्देश्यीय सहकारी संस्था डोल्पा, सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्था कैलाली पुरस्कृत भएका छन् । त्यस्तै सहकारी पत्रकारिता पुरस्कारबाट सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाल पुरस्कृत भएका छन् । पुस्कृतलाई जनही २५ हजार नगदसमेत प्रदान गरिएको थियो ।
सोही अवसरमा अध्यक्ष मिनराज कंडेल र काठमाडौं युनिभर्सीटीका प्राध्यापक बिनोद कृष्ण श्रेष्ठले राष्ट्रिय सहकारी महासंघले काठमाडौं युनिभर्सीटीको सहकार्यमा २०७९ साल पौषबाट सञ्चालन गरेको डिप्लोमा इन कोअपरेटिभ कोर्ष पूरा गर्ने ३० जना सहकारीकर्मीहरुलाई प्रमाण पत्र प्रदान गरेेका थिए ।
महासंघका सञ्चालक टेकप्रसाद चौलागाईले सञ्चालन गर्नु भएको उक्त विशेष समारोहमा संघीय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, महासंघका सल्लाहकारहरु दीपक प्रकाश बाँस्कोटा, उषा झा, काठमाडौं विश्वविद्यालयका प्राध्यापक बिनोदकृष्ण श्रेष्ठ, नेपाल बचत तथा ऋण सहकारी संघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा, पुस्कृत हुनेहरुमध्यबाट भूपेन्द्रमान श्रेष्ठ र डिप्लोमा इन कोअपरेटिभ कोर्ष पूरा गर्नेहरु मध्येबाट कृष्ण कुमार तामाङ्ग लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
