२३ कात्तिक २०८३, सोमबार

खिलानाथ दाहाललाई सहकारी पत्रकारिता पुरस्कार

२०८० असार १६, शनिवार
खिलानाथ दाहाललाई सहकारी पत्रकारिता पुरस्कार

काठमाडौं : सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाल सहकारी पत्रकारिता पुरस्कार-२०७९ बाट पुरस्कृत भएका छन् ।

१०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले शनिबार पुरस्कृत गरेकाे हाे । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दाहाललाई नगद २५ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरेका थिए ।

सहकारी पत्रकारिताकाे माध्यमबाट सहकारी अभियानको विकास र प्रवर्द्धनमा विशेष याेगदान पुर्याएकाे भन्दै महासंघले दाहाललाई पुरस्कृत गरेकाे हाे । दाहाल नेपाल सहकारी पत्रकार समाज (सीजेएन)का निवर्तमान अध्यक्ष समेत हुन् । उनी डेढ दशकदेखि सहकारी पत्रकारितामा कृयाशिल छन् ।

अभिलेख

लोकप्रिय