२३ कात्तिक २०८३, सोमबार

आज १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवस

२०८० असार १६, शनिवार
आज १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवस

काठमाडौं : आज जुलाई महिनाको पहिलो शनिबार अर्थात् १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवस । विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) काे अगुवाइमा जुलाई महिनाको पहिलो शनिबार विश्वभर सहकारी दिवस मनाईन्छ । आईसीएले यस वर्षको नारा ‘दिगो विकासका लागि सहकारी’ तय गरेको छ ।

नेपालमा पनि आज विविध कार्यक्रम गरी याे दिवस मनाईदै छ । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसकाे सँगै ३०औं राष्ट्रिय सहकारी महासंघ दिवस मनाउँदै छ । महासंघले आज उत्कृष्ट सहकारी संघ/संस्था तथा व्यक्ति सम्मान कार्यक्रम गरी दिवस मनाउँदै छ ।

साथै विभिन्न जिल्ला सहकारी संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक सहकारी संस्थाले विविध कार्यक्रम गरी याे दिवस मनाउँदै छ।

 

अभिलेख

लोकप्रिय