काठमाडौंका सहकारीलाई विवरण बुझाउन ३० दिनको समय
काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई ३० दिनभित्र विवरण पेस गर्न तोकता गरेको छ । महानगरपालिकाको सहकारी विभागले सूचना प्रकाशित गर्दै कानुनअनुसार केही सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएका विवरणहरु समयमा नै पेस गर्ने गरेको नपाइएकाले ३० दिनभित्र यस्ता विवरण बुझाउन ताकेता गरेको हो ।
काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको महिनाले ६ महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ । त्यस्तै, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढिमा ३ महिनाभित्र प्रचलित कानुन बमोेजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिएका विवरणहरु महानगरलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । तर, विभिन्न सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखा परीषण प्रतिवेदनजस्ता विवरणहरु महानगरका नबुझाएका कारण यस्ता सहकारीहरुलाई तीस दिनको समय दिएको हो ।
सहकारी संस्थाहरुले तोकिएको समयमा विवरण बुझाएर अद्यावधिक नगरेमा कानुनअनुसार कारबाही हुने समेत महानगरले जनाएको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
