किसान बचतद्वारा ट्राफिक सचेतना प्रदान
गैंडाकोट (नवलपुर) : किसान बचत तथा ऋण सहकारी सस्थाले २८औं स्थापना दिवसको अवसरमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहव्यापी कार्यक्रम गरी स्थापना दिवस मनाउने क्रममा संस्थाले आज ट्राफिक सचेतना कार्यक्रम गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय, नवलपुरको समन्वयमा संस्थाको केन्द्रिय कार्यालय र देवचुली नगरपालिकाको दलदलेमा ट्राफिक सचेतना कार्यक्रम गरेको हो । साथै जिल्ला ट्राफिक कार्यालय, चितवनको समन्वयमा रत्ननगर नगरपालिकाको टाँडीचोकको राजमार्गमा पूर्वपश्चिम गुडीरहेका सवारीसाधनका चालकहरुलाई ट्राफिक सचेतना सम्वन्धिका पम्प्लेट वितरण गर्दे ट्राफिक नियमको पालना गर्दे दुर्घटना न्यूनीकरणमा हातेमालो गर्न आग्रह गरिएको संस्थाका अध्यक्ष श्रीहरि चालिसेले बताए । सम्पूर्ण जनसमुदायले ट्राफिक नियमको उचित पालना गरेको खण्डमा दुर्घटना न्यूनीकरणमा सहज हुने अध्यक्ष चालिसेले बताए ।
अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख लेखनाथ पुरीको नेतृत्वमा गैँडाकोटमा ट्राफिक सचेतना प्रदान गरिएको थियो । यसैगरि देवचुली नगरपालिका अन्तर्गत दलदलेमा आयोजना गरेको कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य एवम् पञ्चदृष्टि सेवा केन्द्र संयोजक रेशमलाल सापकोटाको नेतृत्वमा जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी नायव निरिक्षक राम वहादुर मगरातीको सहजीकरणमा ट्राफिक सचेतना कार्यक्रम भएको थियो ।
चितवनको रत्ननगरपालिका टाँडीमा आयोजना गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष भोजराज पौडेल र सौहार्द सेवा केन्द्रका संयोजक चन्द्र प्रसाद नेपालको नेतृत्वमा जिल्ला ट्राफिक कार्यालय चितवनको सहजिकरणमा सौहार्द सेवा केन्द्रका व्यवस्थापन समितिका पदाधिकारी र कर्मचारीको उपस्थितीमा ट्राफिक सचेतना कार्यक्रम भएको थियो ।
संस्था स्थापनाको दिन (असार १५ गते) गैंडाकोट र कावासोती नगरपालिकामा बृहत रक्तदान कार्यक्रम सञ्चालन, विपन्न वर्गका सदस्य तथा मृगौला पीडित सदस्यका छोराछोरी एवं जेहेन्दार विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण, संस्थाको एटिएम बुथ उद्घाटन, एटिम कार्ड वितरण, दही चिउरा खाने र सबै सेवा केन्द्रहरुमा दीप प्रज्वलन गरी भव्य रुपमा मनाउने संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
