२३ कात्तिक २०८३, सोमबार

सप्ताहव्यापी कार्यक्रम गरी २८औं वार्षिक उत्सव मनाउँदै किसान बचत

२०८० असार ९, शनिवार
सप्ताहव्यापी कार्यक्रम गरी २८औं वार्षिक उत्सव मनाउँदै किसान बचत

गैंडाकोट (नवलपुर) : किसान बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८औं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको छ ।

सोही कार्यक्रमको पहिलो दिन आज (शनिबार) संस्थाको २६ वटै सेवा केन्द्रका सार्वजनिक स्थल सरसफाई गरिएको छ । संस्थाको केन्द्रीय कार्यालय अन्तर्गत रहेको श्री हनुमान मन्दिर परिसर गैंडाकोट बाट सरसफाई कार्यक्रम सुरु भएको थियो । स्थापना दिवस कार्यक्रम संयोजक तथा निर्वतमान अध्यक्ष गोपाल प्रसाद गौतमबाट मन्दिर परिसरमा झाडु लगाई र संस्थाका अध्यक्ष श्रीहरि चालिसेबाट ग्लोबस हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो । सरसफाई कार्यक्रममा संस्थाका पदाधीकारी, संस्थाका प्रमुख कार्यकारी अधिकृत र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यसैगरी संस्थाका सम्पूर्ण सेवा केन्द्रमा व्यवस्थापन उपसमितिका पदाधिकारी कर्मचारीको सहभागितामा नवलपुर, चितवन र तनह्ुँ स्थित सार्वजनिक स्थल सरसफाई गरिएको छ । यसैगरी स्थापना दिवसको अवसरमा असार ११ गते जिल्ला भर ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

त्यस्तै संस्था स्थापनाको दिन (असार १५ गते) गैंडाकोट र कावासोती नगरपालिकामा बृहत रक्तदान कार्यक्रम सञ्चालन, विपन्न वर्गका सदस्य तथा मृगौला पीडित सदस्यका छोराछोरी एवं जेहेन्दार विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण, संस्थाको एटिएम बुथ उद्घाटन, एटिम कार्ड वितरण, दही चिउरा खाने र सबै सेवा केन्द्रहरुमा दीप प्रज्वलन गरी भव्य रुपमा मनाउने संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिए ।

अभिलेख

लोकप्रिय