२३ कात्तिक २०८३, सोमबार

सदस्यबाटै कुटिए सहकारी महासंघका सञ्चालक यादव, बचत फिर्ताको प्रतिबद्धतापछि रिहा

२०८० असार ८, शुक्रबार
सदस्यबाटै कुटिए सहकारी महासंघका सञ्चालक यादव, बचत फिर्ताको प्रतिबद्धतापछि रिहा

काठमाडौं : राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामबाबु यादव सदस्यबाटै कुटिएका छन् । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था, धनुषाका अध्यक्ष रामबाबु यादवलाई बचतकर्ताले नियन्त्रणमा लिएर हातपात गरेका हुन् । यादव एक वर्षदेखि बचतकर्ताको पैसा फिर्ता नगरी भागिरहेका थिए ।

बुधबार यादवलाई सदस्यहरुले जनकपुरधाम–९ मा समातेर हातपात गर्दै प्रहरीमा बुझाएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वेदप्रसाद गौतमले बचतकर्ताले नियन्त्रणमा लिएको खबर आएपछि जनकपुरधाम–९ बाट अध्यक्ष यादवलाई पक्राउ गरिएको बताए । बुधबार पक्राउ गरेका यादवले १० हजारभन्दा कम रकम बचत गरेका बचतकर्ताको सबै पैसा फिर्ता गरेका छन् । उनले १० हजारभन्दा कम बचत गरेका महिलालाई १६ लाख रुपैयाँ फिर्ता गरेको बताइएको छ ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहेका सहकारीका अध्यक्ष यादवले १० हजारभन्दा बढी बचत गर्ने बचतकर्ताको पैसा दामासाहीमा साउनभित्र बचत फिर्ता गरिसक्ने प्रतिबद्धता जनाएको प्रवक्ता गौतमको भनाइ छ ।

अभिलेख

लोकप्रिय