सहकारीको ऋण नतिर्नेको नाम सार्वजनिक गर्ने वडा कार्यालयको चेतावनी
नुवाकोट : बिदुर नगरपालिका वडा नं. ७ का सहकारीले सदस्यले समयमै ऋण नतिरेपछि वडा कार्यालयको सहयोग मागेका छन् ।
सहकारी संस्थाहरुका साथै अन्य सार्वजनिक संघ/संस्थाहरुले ऋणी सदस्यलाई ऋण तिर्न ताकिता गर्दापनि अटेरी गरेपछि वडा कार्यालयलाई गुहारेका हुन् ।
७ नं. वडा कार्यालयले बिहीबार एक सूचना प्रकाशित गरेर त्यस्ता ऋणीलाई यथाशिघ्र सम्बन्धित सहकारी र सार्वजनिक संघ/संस्थामा सम्पर्क गरेर ऋण तिर्न अनुरोध गरेको हो । वडा कार्यालयले आफ्नो अनुरोध अवज्ञा गरेर सम्बन्धित सहकारी र सार्वजनिक संघ/संस्थाको सम्पर्कमा नजाने ऋणीको नाम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
