प्रदेश सरकारहरुको बजेटमा समेटिएको सहकारी क्षेत्र !
मधेस प्रदेश
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको छ । बजेटमा सहकारी खेती अबलम्बनमा जोड दिईएको छ । अर्थमन्त्री संजय कुमार यादवले कृषि उत्पादकत्व बढाउनका लागि सामूहिक करार खेती, सहकारी खेती, करार खेती प्रणाली अबलम्बनमा जोड दिइने बताए ।
बजेटमा सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पादन, उत्पादकत्व र रोजगारी बढाउने घोषणा गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।
बागमती प्रदेश
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमासहकारीहरुको अनुगमन प्रभावकारी बनाउनका लागि सहकारी रजिष्ट्रार कार्यालयको स्थापना गरिने उल्लेख छ ।
आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले सहकारी अनुगमन प्रभावकारी बनाउन सहकारी रजिष्ट्रार कार्यालयको स्थापना गर्ने घोषणा गरे । बजेटमा अर्थमन्त्री लामाले दुग्ध र सहकारी विकास बोर्डको पूर्नसंरचना गरिने जनाएको छ । सहकारीले चलाउने शितभण्डारको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिन बजेट छुट्याएको छ ।
गण्डकी प्रदेश
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले आफु मातहत संचालनमा रहेका सहकारीहरुको सघन अनुगमन गर्ने बताएको छ । आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले सहकारीहरुको संस्थागत सुशासन र क्षमता अभिवृद्धिका लागि रजिष्ट्रार कार्यालयमार्फत सघन अनुगमन गर्ने घोषणा गरेका छन् ।
बजेटमा कृषि र उत्पादन केन्द्रीत सहकारीहरुलाई प्राथमिकता दिएर प्रोत्साहन कार्यक्रम संचालन गरिने उल्लेख छ । यस्तै सहकारीहरुको आर्थिक कारोबारलाई चुस्त दुरुस्त बनाउने र अभिलेख ब्यवस्थित बनाउनका लागि सहकारी ब्यवस्थापन सूचना प्रणाली बनाउने उल्लेख छ । यस्तै खण्डिकृत जग्गा एकीकरण गरी ५ सय रोपनी जग्गा चक्लाबन्दी गर्न बजेट छुट्याइएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले सहकारी क्षेत्रको प्रवर्धनका लागि करिब ९ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै सहकारी संस्थाहरुको क्षमता विकास र प्रवर्धनका लागि उक्त रकम परिचालन गरिने बताए ।
बजेटमा सहकारी संस्थासँगको साझेदारीमा कार्यक्रम तथा सहकारी संस्थाहरुको क्षमता विकास, महिला सहकारी प्रवद्र्धन, स्थानिय वस्तुको उत्पादन तथा बजारीकरण, गरिवी निवारण उद्यमशिलता र नवप्रवद्र्धन गर्न सहकारी विकास कोष समेतको उपयोग गर्नेगरी ८ करोड ९१ लाख रकम छुट्याएको छ ।
कर्णाली प्रदेश
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले सहकारी नियमन र प्रशिक्षणलाई बढाउने र प्रत्येक स्थानिय तहमा २ जना सहकारी प्रशिक्षक पुग्ने गरी तालिम संचालन गरिने घोषणा गरेका छन् । सरकारले सहकारी क्षेत्र सुधारका लागि ५ वर्षे रणनीतिक योजना बनाउने र यसका लागि एक करोड ६५ लाख रुपैयाँ छुट्याएको छ । यस्तै सहकारी खेतीलाई प्रोत्साहन र प्रत्येक घर स्वरोजगार अभियान अन्र्तगत कृषि पशुपालन, साना उद्यम तथा व्यवसाय गर्न ब्याज अनुदान दिने कार्यक्रम पनि घोषणा गरिएको छ ।
सुदुरपश्चिम प्रदेश
सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घरघरमा सहकारी उत्पादन र रोजगारी नारा अघि सारेको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहले सहकारीलाई प्रमुख विकासको साझेदारको रुपमा स्थापित गर्ने घोषणा गरेका छन् ।
बजेटमा दलित, अल्पसंख्यक र महिलाद्धारा संचालिक सहकारीलाई बिउँपुँजी दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ । यस्तै सहकारी क्षेत्रको समग्र विकासका लागि घरघरमा सहकारी उत्पादन र रोजगारी नारा घोषणा गर्दै २० करोड रुपैयाँ बिनियोजन गरिएको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
