९ भदौ २०८३, मङ्गलबार

हाम्राे बचतकाे रजत वर्ष कार्यक्रम : विद्यार्थीलाई करियर काउन्सिलिङ वर्कशप

२०८० असार ३, आईतवार
हाम्राे बचतकाे रजत वर्ष कार्यक्रम : विद्यार्थीलाई करियर काउन्सिलिङ वर्कशप

काठमाडौं : ललितपुरकाे लगनखेल स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाले रजत वर्षको अवसरमा विविध कार्यक्रम गरेको छ । संस्थाले दुई साताको अवधिमा समुदाय केन्द्रित ९ कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले विद्यालय स्तरमा वित्तीय साक्षरता कार्यक्रम, हाजिरीजवाफ, एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी करियर काउन्सिलिङ वर्कशप कार्यक्रम गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए । संस्थाले आगामी शैक्षिक वर्षदेखि हाम्रो साकोसका सदस्यका छोराछोरी वा विकट भौगोलिक क्षेत्रका विपन्न परिवारका छोराछोरी मध्ये २ जना विज्ञान संकाय, १ जना व्यवस्थापन र एक जना मानविकी विषय अध्ययन गर्ने विद्यार्थीहरूलाइ पूर्ण छात्रबृत्ति प्रदान जनाएकाे छ । त्यसका लागि लगनखेलमा अवस्थित मोलिस कलेजसँग संस्थाले सहमति गरेको घिमिरेले बताए ।

संस्थाले २०७९ सालको एसइइ परीक्षा दिएर बसेका सदस्यका छोराछोरी तथा स्थानीय विद्यालयका विद्यार्थीहरुलाई शनिबार करियर काउन्सिलिङ वर्कशप कार्यक्रम सम्पन्न गरेको छ । १५० जना भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा मोटिभेटर स्पीकर तथा करियर कोच अर्जुन चापागाईले लर्न टु लिड विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने नेफ्स्कुनका बरिष्ठ अधिकृत प्रेम वाग्लेले अनलक योर फिनान्सियल फ्युचर विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सनका उपाध्यक्ष इश्वर बहादुर गुरुङ र संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले कार्यपत्र माथि टिप्पणी गरेका थिए ।

यस अघि संस्थाले ललितपुरको महाँकाल गाउपालिकामा रहेका ७ वटा माध्यमिक विद्यालयहरुमा जेष्ठ २४ देखि २६ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम गरी उक्त विद्यालयमाहरु बिच आज वित्तीय प्रविधि-हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको थियो ।

अभिलेख

लोकप्रिय