२३ कात्तिक २०८३, सोमबार

१७ वर्षमा म्याग्दी बचत, नयाँ सदस्यलाई स्वागत गर्दै मनायो स्थापना दिवस

२०८० जेठ ३१, बुधबार
१७ वर्षमा म्याग्दी बचत, नयाँ सदस्यलाई स्वागत गर्दै मनायो स्थापना दिवस

काठमाडौं : गोंगबु स्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्था १७ औं वर्षमा प्रवेश गरेको छ। संस्थाले नयाँ सदस्यलाई स्वागतसहित स्थापना दिवस मनाएको छ।

संस्थाका अध्यक्ष थदेवी पुनको अध्यक्षता भएको स्थापना दिवस कार्यक्रममा तीन जना नयाँ सदस्यलाई स्वागत गरिएको थियो । शहिद गंगलाल हृदय केन्द्रका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. रवी मल्ल (राखु), प्रा.डा. हुमबहादुर बरुवाल (घार) र सामाजिक मनोविज्ञानमा विद्यावारिधि गर्नु भएका डा. दलिपकुमार मल्ल (राखु)लाई सदस्यता प्रमाणपत्र वितरण गर्दै स्वागत गरिएको थियो । नयाँ सदस्यलाई संस्थाका वरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले स्वागत गरेका थिए ।

संस्थाले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वका काम गर्दै आएको छ । संस्थाले सदस्यहरुबाट ४० करोड बचत संकलन, ४१ करोड भन्दा बढी ऋण लगानी गरेको संस्थाका कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले जानकारी दिए ।
अहिलेको अवस्थामा पनि संस्थासँग २७ प्रतिशतको तरलता रहेको छन्त्यालले जानकारी दिए ।

No photo description available.

अभिलेख

लोकप्रिय