२३ कात्तिक २०८३, सोमबार

सरकारसँग वार्ता नभएसम्म सहकारी पिडितको माइतीघरमा निरन्तर आन्दोलन

२०८० जेठ १९, शुक्रबार
सरकारसँग वार्ता नभएसम्म सहकारी पिडितको माइतीघरमा निरन्तर आन्दोलन

काठमाडौं : देशभरका सहकारी पिडित सदस्यहरु भोली (शनिबार) बाट सडक आन्दोलनमा उत्रिने भएका छन् ।

सहकारी पिडित बचतकर्ता महासंघ संघर्ष समिति ९नेपाल० गठन गरेर उनीहरु आन्दोलनमा उत्रिन लागेका हुन् । सरकारसँग वार्ता नभएसम्म र बचत रकम नपाएसम्म आन्दोलन निरन्तर जारी रहने समितिका उपाध्यक्ष ब्रिन्दा राज राईले जानकारी दिए ।

समितिले बिहीबार पत्रकार सम्मेलन गरी सडक आन्दोलनमा जाने घोषणा गरेको थियो । भोलीबाट केही दिन देशभरका सहकारी पिडित माइतीघरमा जम्मा हुने र सम्पूर्ण पिडितहरु संगठित भएर थप संर्घषका कार्यक्रम तय गरिने उपाध्यक्ष राईले बताए । समितिमा हरेक सहकारीबाट एक एक जनाको प्रतिनिधित्व हुने समेत राईले बताए ।

समितिका करिब १ सय सहकारी संस्थाबाट पिडित बनेका सदस्य आवद्ध भैसकेको छ । भोलीबाट थप सहकारी पिडितहरु थपिने उनले बताए ।

अभिलेख

लोकप्रिय