२३ कात्तिक २०८३, सोमबार

सहकारीकर्मीको विभागमा साढे २ घण्टा धर्ना, आईतबारबाट रिले अनसन

२०८० जेठ १९, शुक्रबार
सहकारीकर्मीको विभागमा साढे २ घण्टा धर्ना, आईतबारबाट रिले अनसन

काठमाडौं : सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारलाई मागपत्र बुझाएको तर सुनुवाई नभएको भन्दै सहकारीकर्मीहरुले संघीय सहकारी विभागमा धर्ना दिएका छन् । शुक्रबार सहकारीकर्मीहरुले साढे २ घण्टा धर्ना दिएका हुन् ।

राष्ट्रिय सहकारी महासंघद्वारा गठित सहकारी समस्या समाधान सहजीकरण कार्यदलले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अनुसार विभागमा धर्ना दिएका हुन् । कार्यदलको घोषित कार्यक्रम अनुसार जेष्ठ २१ गतेदेखि निरन्तर बिहान ९ः३० बजेदेखि सहकारी विभाग नयाँ बानेश्वर काठमाडौं र सबै प्रदेश सहकारी महाशाखामा रिले अनसन गर्दैछ ।

May be an image of 4 people and text

अभिलेख

लोकप्रिय