१४० युवालाई विकू बचतले दियो व्यावसायिक सिपमूलक तालिम
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले १४० युवालाई व्यावसायिक सिपमूलक तालिम प्रदान गरेको छ । संस्थाले एक महिनासम्म सञ्चालन गरेको तालिम बुधबार समापन भएको छ । विकूले सदस्यहरुलाई एक महिनासम्म ब्यूटिसियन, वेटर/वेट्रेश र मोवाइल फोन मर्मत सम्बन्धि तालिम दिएको थियो ।
तालिममा लुम्बिनी पोलिटेक्निक इन्स्टिच्यस्ट प्रा.ली. कपिलवस्तुको प्राविधिक सहकार्य रहेको थियो भने तालिममा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखरा कास्कीको सहकार्य रहेको थियो ।
समापन कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले तालिममा सिकेको सीपलाई व्यवहारमा लागु गर्न आग्रह गरेका छन् । युवालाई सीप र बालबालिकालाई संस्कार सिकाउने उद्देश्यले बिकुले कार्यक्रम संचालन गर्दै आएको छ ।
विकुका सचिव प्रेम सापकोटा राजुले सदस्यलाई गरिवीको रेखाबाट माथि उठाउन उद्योगको स्थापना गर्ने उद्देश्य लिएको बताए। विकु बचतका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलल विकूले सीप सिकाउने मात्र नभई सिकेको सीपलाई व्यवहारमा लागू गर्न, लगानी र बजार व्यवस्थापनमा पनि सहयोग गर्ने बताए ।
लुम्बिनी पोलिटेक्निक इन्स्टिच्यस्टका प्रबन्ध निर्देशक अरुण अर्यालले आगामी दिनमा पनि सीप विकासका कार्यक्रमहरु संचालन गरिने बताए । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरुलाई विकूका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत गरेका थिए ।
एक महिनासम्म विभिन्न सिप आर्जन गरेपछि उद्यमशील बन्न प्रेरणा मिलेको सहभागीहरुले बताएका छन् । सीपलाई व्यवहारमा लागू गर्न पनि सहयोग गर्ने संस्थाले जनाएको छ । आर्थिक रुपमा र बजारीकरणमा पनि बिकूले सहयोग गर्ने संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले बताए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
