इमेज सहकारीको समस्या समाधान गर्न रजिष्ट्रारलाई ध्यानाकर्षण
बागलुङ : जिल्ला सहकारी संघ लिमिटेड बागलुङले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुको रकम फिर्ता गर्न प्रभावकारी प्रक्रिया अगाडि बढाउनका लागि सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्यालको ध्यानाकर्षण गराएको छ ।
संघका तर्फबाट सञ्चालक जगन्नाथ सापकोटाले आइतबार ध्यानाकर्षण पत्र बुझाउँदै बचतकर्ताको रकमको सुरक्षणका लागि आवश्यक कानुनी प्रक्रियालाई छिटो र प्रभावकारी रुपमा अगाडि बढाउन माग गरेको हो ।
जिल्ला सहकारी संघले बचतकर्ताहरुको रकम जोखिममा पारेर सञ्चालकहरु सम्पर्क विहिन भएको भन्दै सञ्चालकहरुको खोजी गरी कानुनी कारबाही अगाडि बढाउन समेत माग गरेको छ ।
जिल्ला सहकारी संघको ध्यानाकर्षण पत्र बुझेपछि सहकारी रजिष्ट्रार रोशन अर्यालले बचतकर्ताहरुको बचतको सुरक्षणका लागि रजिष्ट्रारको कार्यालय सचेत रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराए ।
बचतकर्ताहरुको उजुरीपछि कार्यालयका तर्फबाट संस्थाको वित्तीय अवस्थाको पहिचान गर्नुका साथै सहकारीको कार्यालय सिल गर्न जिल्ला प्रशासन कार्यालयलाई र आवश्यक खोजी प्रक्रिया अगाडि बढाउनका लागि केन्द्रीय अनुसन्धान व्यूरोमा सिफारिस गरिएको उनले बताए ।
इमेज सहकारी संस्थाको समस्या समाधानमा जिल्ला सहकारी संघ लगायत सहकारी अभियानका तर्फबाट भएको समन्वय र सहकार्यलाई निरन्तरता दिन आग्रह गर्दै उनले संकटको यो घडिमा सबैलाई संमयताका साथ समस्या समाधानमा सहयोग गर्न आग्रह गरे ।
हाम्रो पहिलो प्राथमिकता वचतकर्ताहरुको बचत फिर्ता गराउने हो, अनुसन्धानका क्रममा दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याएर वचत फिर्ता गराउन आफुहरु प्रतिवद्ध रहेको रजिष्ट्रार अर्यालले बताए । बागलुङमा पछिल्लो समय इमेज र शिवशिखर सहकारीका कारण बचतकर्ताहरुको करिव २ अर्ब रकम जोखिममा परेको छ ।
वचतकर्ताहरुका तर्फबाट गठित संघर्ष समितिले शनिबार जिल्ला सहकारी संघलाई सहजीकरणका लागि अनुरोध गरेको थियो । जिल्ला सहकारी संघले शनिबार नै वैठक बसी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको ध्यानाकर्षण गराउने निर्णय गरेको र संघका तर्फबाट आइतवार सञ्चालक जगन्नाथ सापकोटाले रजिष्ट्रार अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिईन ।
इमेज सहकारीले सूचना प्रकाशित गरेर कार्यालय बन्द गरेदेखि नै जिल्ला सहकारी संघको अगुवाईमा संस्थालाई सहज रुपमा सञ्चालन गर्न र वचतकर्ताहरुको रकम फिर्ताका लागि समन्वय गर्दै आएको र आगामी दिनमा पनि वचतफिर्ताका लागि सरोकारवालाहरुसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता अध्यक्ष जिसीले व्यक्त गरिन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
