हाम्रो बचतले घटायो ऋणको ब्याजदर
ललितपुर : लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीमा ब्याजदर घटाएको छ । संस्थाले ०.२५ देखि ०.५० प्रतिशतसम्म ब्याजदर घटाएको हो । परिवर्तित ब्याजदर अनुसार १४.५ देखि १५.७५ प्रतिशतसम्म रहेको छ ।
संस्थाले जेठ १६ गतेदेखि लगानीमा उक्त ब्याजदर लागु हुनेगरी घटाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए । संस्थाको जेठ ५ गतेसम्मको वित्तीय विवरण अनुसार १६ करोड ५ लाख ८७ हजार ३०० रुपैयाँ सेयर पूँजी तथा १ अर्ब ५ करोड ८१ लाख ७१ हजार ७९५ रुपैयाँ कुल बचत रहेको छ ।
त्यसैगरी संस्थामा १ अर्ब २९ करोड ६४ लाख ८५ हजार ४६२ रुपैयाँ ऋण लगानी र ११ करोड २६ लाख ७२ हजार ५३५ रुपैयाँ जगेडा कोषमा रहेको छ । संस्थामा २१ करोड ४ लाख १० हजार २२८ अर्थात २० प्रतिशत रलता रहेको जनाइएको छ । संस्थामा ७ हजार १२ जना मध्ये २ हजार ३६९ जना सदस्यले ऋण लिएको जनाइएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
