किसान कल्याण साकोसद्वारा सामुदायिक विद्यालयमा युनिफर्म र स्टेशनरी
इटहरी : किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले इटहरी-१४ मा रहेको श्री सार्वजनिक आधारभुत विद्यालयका विद्यार्थीलाई युनिफर्म तथा स्टेशनरी वितरण गरेको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गर्दै किसान कल्याणले विद्यालयलाई एक सय थान टिसर्ट वितरण गरेको हो । संस्थाको बार्षिक कार्यक्रम अनुसार विपन्न तथा दलित विद्यार्थी अध्ययन गर्ने संस्थाका सदस्यका छोरा छोरी अध्ययन गर्ने सामुदायिक विद्यालयलाई टिसर्ट तथा स्टेशनरीका सामान हस्तान्तरण गरिएको साकोसका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताए ।
संस्थाले सदस्यको जिवनस्तर उकास्ने विभिन्न कार्यक्रम आयोजना गरिरहेको र त्यसै अनुरुपको बार्षिक कार्यक्रम रहेकाले पोषाक वितरण गरिएको साकोका संचालक समिति उपाध्यक्ष नरेन्द्र श्रेष्ठ बताउँछन् ।
९३ जना विद्यार्थी अध्ययनरत विद्यालयमा विद्यालयको दश हजार १ सय रुपैँया र साकोसबाट सहयोग प्राप्त २० हजार रुपैँया गरेर विद्यार्थीलाई युनिफर्मबापतको टिसर्ट खरिद गरिएको विद्यालयका प्रद्यानाध्यापक गिरिराज निरौलाले जानकारी थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
