२३ कात्तिक २०८३, सोमबार

सहकारीको अनुगमन गर्न बन्यो ११ सदस्यीय विज्ञ टोली

२०८० जेठ ५, शुक्रबार
सहकारीको अनुगमन गर्न बन्यो ११ सदस्यीय विज्ञ टोली

काभ्रे : बनेपा नगरपालिकाले आफनो कार्यक्षेत्रभित्र रहेका सहकारी संस्थाहरुको अनुगमन गर्न ११ सदस्यीय विज्ञ टोली बनाएको छ । नगरपालिकाले जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको संयोजकत्वमा अनुगमन समिति गठन गरेको हो ।

संघका अध्यक्ष शर्मा संयोजक रहेको समितिको सदस्यहरुमा जिल्लागत विषय संघका प्रतिनिधि, बागमती बचत तथा ऋण सहकारी संघ (प्रोस्कून), राष्ट्रिय सहकारी बैंक बनेपा शाखा प्रमुख, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कूनका सेवा केन्द्र प्रमुख र बनेपामा रहेका उत्कृष्ट ५ सहकारी संस्थाका सिइओहरु गरी ११ जनाको अनुगमन समिति रहेको छ ।

आगामी जेठ ९ गतेबाट सहकारी संस्थाको अनुगमन सुरु हुने जनाएको छ । पहिलो चरणमा आधारभुत र सघन अनुगमन गरिने भएको छ । अनुगमनमा जाने व्यक्तिहरुको हकमा नगरपालिकाले नै सम्पुर्ण कागजी र कानूनी प्रक्रिया पुरागरिदिए पछि मात्रै सहकारी अनुगमन शुरु गर्ने तयारी गरेको पालिकाले गरेको छ ।

नगरपालिकाको कार्यक्षेत्रभित्र २ सय २० वटा सहकारी संस्था रहेका छन् ।

अभिलेख

लोकप्रिय