एकीकृत फ्रेण्डसिप बचतको ७ सेवा केन्द्रमा विस्तारित मञ्च र प्रविधि हस्तान्तरण
जिरी (दोलखा) : एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको सात वटा सेवा केन्द्रमा विस्तारित मञ्च, प्रविधि हस्तान्तरण साथै एकीकृत फ्रेण्डसिप सेवा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
दोलखा जिल्लाको जिरी नगरपालिका वडा नंं ५ लिङकन बजारमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिपले आफ्नो वार्षिक योजना अन्तरगत आर्थिक वर्ष ०७९÷०८० को बार्षिक कार्यक्रममा अल्लेख भए अनुसार मुख्य कार्यालय, मेलमिलाप सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र, यलुङ सेवा केन्द्र, प्रिति सेवा केन्द्र, भुजी सेवा केन्द्र र बेताली सेवा केन्द्र सहित सात वटा सेवा केन्द्रमा विस्तारित मञ्च,अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष भुमिराज खड्काले जानकारी दिए ।
अध्यक्ष खड्काका अनुसार बाँकी नौ वटा सेवा केन्द्रमा आगामी आर्थिक वर्ष अन्य विभिन्न सेवा सुविधा सहितका कार्यक्रम गर्ने लक्ष्य रहेको बताए । संस्थाले विभिन्न मितिमा आयोजना गरि सम्पन्न गरेको कार्यक्रममा संस्थाका १ हजार जना भन्दा बढी सदस्यहरुको उपस्थिति थियो ।
संस्थाको सेवाहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउन, सदस्यहरुबाट आएको गुनासो न्युनिकरण गर्न, संस्था कुन अवस्थामा छ? भन्ने कुरा सदस्यहरु माझ पु¥याउन साथै सदस्यहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानीको लागि उत्प्रेरित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा संस्थाका का. मु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले बचत भनेको के हो? बचत कसरी गर्न सकिन्छ? बचत गर्दा सदस्यहरुलाई हुने फाईदा सहित आजको बचत नै भोलीको भविष्य भन्ने बिषयलाई चित्रण गर्दै संस्थाले प्रदान गर्दै आएको विभिन्न प्रविधिहरुको बारेमा सहजिकरण गरेका थिए । वित्तीय स्वस्थताको लागि ज्ञान, सीप र धारणामा सुधार गर्ने विभिन्न उपायहरुको बारेमा खत्रीले प्रशिक्षण दिएका थिए ।

मानिसहरुको वित्तीय जीवन समृद्ध बनाउनको लागि तय गर्नुपर्ने वित्तीय लक्ष्य, लक्ष्य पुरा गर्न आवश्यक प्रवल ईच्छा शक्ति, मानिसका सपना र सपना पछ्याउ नसक्ने खुबीहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । संस्थाका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले संचालनमा ल्याएको प्रविधिमैत्री सेवाहरु मोवाइल बैकिंङ, क्यु.आर. कोड, चेकलेस बैकिंङ साथै सञ्चालनको क्रममा आइ पर्ने समस्या तथा त्यसका लागि अपनाइएको सुरक्षाको बिषयमा समेत सदस्यहरुलाई जानकारी दिइएको थियो ।
एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले दोलखा जिल्लामा आठ वटा सदस्य सेवा केन्द्र, रामेछाप जिल्लामा सात वटा सदस्य सेवा केन्द्र र काठमाडौँ जिल्लामा एक वटा सदस्य सेवा केन्द्रको स्थापना गरि आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाले प्रिमियम टेक्नोलोजिबाट निर्मित प्रिमियम सफ्टवेयर र एम बैक टेक्नोलोजिबाट निर्मित आफ्नै एकीकृत फ्रेण्डसिप एम बैक नामको मोवाइल बैकिंङ सेवामार्फत आफ्ना सदस्यहरुलाई लक्षित गर्दै सेवा सञ्चालन गर्दै आएको छ । आफ्ना सदस्यहरुलाई क्यास लेस बनाउने उद्देश्यसहित आफ्ना १६ वटा सदस्य सेवा केन्द्रका करिव १६०० जना सदस्यहरुलाई फोन पे मार्फत निर्मित क्यु.आर. कोड पनि वितरण गरि सेवा सुरु गरिसको छ भने २ हजार भन्दा बढी सदस्यहरुलाई मोवाइल बैकिंङ सुविधा समेत प्रदान गर्दै आएको छ ।
बैशाख मसान्त सम्मको वित्तीय विवरण अनुसार शेयर पुजीँ १० करोड ६१ लाख १६ हजार, जगेडा कोष ६ करोड १२ लाख ९ हजार र अन्य कोषहरु १ करोड ८६ लाख ३९ हजार रहेको छ । त्यसैगरी संस्थामा १ अर्ब ४७ लाख ७१ हजार बचत संकलन भइ ८६ करोड ५४ लाख ८९ हजार ऋण लगानीमा रहेको छ ।
संस्थामा १९.७५ प्रतिशत तरलता अर्थात १९ करोड ७४ लाख २२ हजार रकम रहेको छ भने यस अवधिमा संस्थाको कुल सम्पत्ति दायित्व १ अर्ब २१ करोड ९१ लाख रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
