राष्ट्रिय सहकारी बैंक, राजविराजको संयोजकमा गणेश कुमार आश मनोनित
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेड, राजविराज शाखाको संयोजकमा गणेश कुमार आश मनोनित भएका छन् । बैंक सञ्चालक समितिको बैठकले आशलाई शाखा समन्वय उपसमितिको संयोजकमा मनोनित गरेको हो ।
संयोजक आश सप्तरीको राजविराज स्थित आईडियल सहकारी संस्थाका अध्यक्ष हुन् । मधेश प्रदेशकै उत्कृष्ट संस्थाको नेतृत्व गरिरहेका आश संयोजकमा मनोनित भएसँगै व्यवसाय विस्तारमा अतुलनिय योगदान रहने विश्वास बैंकले लिएको छ ।
आईडियल सहकारी संस्था मधेश प्रदेशकै नमूना सहकारीको रुपमा स्थापित छ । ११ करोड ११ लाख सेयर पुँजी रहेको संस्थाको कुम वासलात १ अर्ब १६ करोड रुपैयाँ रहेको छ । ८ करोड ३१ लाख जगेडा कोषमा रहेको छ भने तरलता १८.५१ प्रतिशत रहेको छ ।
संस्थामा १४ हजार ८० जना सदस्यको ८२ करोड ४३ लाख रुपैयाँ बचत रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
