सहयात्री सहकारीका तीन सदस्यलाई आर्दश बुहारी सम्मान
काठमाडौं : मीनभवन काठमाडौं स्थित सहयात्री बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको बीचबाट आर्दश बुहारी सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा परिवारको सद्भाव र जिम्मेवारीलाई सर्वोत्कृष्ट तरिकाले बहन गरी उदाहरणीय कर्म गर्ने बुहारीहरुलाई संस्थाले सम्मान गरेको हो । संस्थाले मनिका आचार्य, गोमा डोटेल र राधिका पुडासैनीलाई आदर्श बुहारी सम्मान प्रदान गरेको हो ।

संस्थाका सदस्य राधादेवी ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका उपप्रमुख शान्ता थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष खेमराज सुवेदीले समाजमा उदाहरणीय कर्म गर्ने सदस्यलाई सम्मान गर्न पाउँदा संस्था गौरवान्वित भएको बताए ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष अनिल थापा, जनप्रतिनीधीहरु, वडा सचिव, सञ्चालक समिति, केन्द्र प्रमुख, शेयर सदस्य तथा कर्मचारीहरूको उपस्थिती रहेको थियो ।
२०६३ सालमा स्थापित सहयात्री सहकारीमा ५ हजार १ सय ७ जना सदस्य आवद्ध छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कार्यक्षेत्र रहेको संस्थाको कुल वासलात ३३ करोड रुपैयाँ रहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
