२३ कात्तिक २०८३, सोमबार

सामुदायिक सहकारीको ३३ लाख लुट्ने ३ जना पक्राउ

२०८० जेठ १, सोमबार
सामुदायिक सहकारीको ३३ लाख लुट्ने ३ जना पक्राउ

काठमाडौं : काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका तीन जना पक्राउ परेका छन् । प्रहरीले गए राती काठमाडौंको सतुंगलबाट १ जना र आज मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट २ जना पक्राउ गरेको हो ।

बैशाख १९ गते पनौती नगरपालिका-७, स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख लिएर फरार भएका थिए । प्रहरीले मकवानपुरको इन्द्रसरोवर ५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

उनीहरुको साथबाट नगद पाँच लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्या काभ्रेमा पठाइएको प्रवक्ता कार्कीले बताए ।

चोरीमा ५ जना संलग्न भएको सिसिटिभी फुटेजमा देखिएको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय