नेचुरल सहकारीको स्थापना दिवसमा विविध कार्यक्रम, कनेक्ट आईपीएसमा पनि आवद्द
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाले १६औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । आईतबार संस्थाको स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य सम्मान, बृहत रक्तदान, अस्पतालहरुसँग छुट सम्झौता गरी स्थापना दिवस मनाएको हो ।

त्यस्तै सदस्यहरुलाई प्रविधिमैत्री सेवा विस्तारको क्रममा संस्थाले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । अब कनेक्ट आईपिएसमार्फत जुनसुकै बैंक तथा वित्तीय संस्थाको खाताबाट नेचुरल सहकारीको खातामा रकम ट्रान्सफर गर्न सकिने भएको छ । यो सेवाको सफल परिक्षणसँगै सेवा सुरु भैसकेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए । अनेक्ट आईपिएसमा नेचुरल सहकारी जोडिएसँगै प्रविधिमैत्री सेवामा सधै एक कदम अगाडि रहेको सावित भएको समेत पाठकले बताए ।
१६ औं स्थापना दिवसको अवसरमा संस्थाको प्रधान कार्यालयमा बृहत रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको थियो ।

त्यस्तै संस्थाकै प्रधान कार्यालयमा जेष्ठ सदस्य सम्मान गरिएको थियो । उक्त कार्यक्रममा ७० वर्ष माथिका ६० जना जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो ।


त्यस्तै शंखरापुर अस्पताल र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालसँग पनि संस्थाले सम्झौता गरेको छ । उक्त अस्पतालहरुमा सदस्यहरुको उपचार, औषधी खरिद, विभिन्न परिक्षणमा छुट दिने गरी सम्झौता गरेको हो ।
हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालसँगको सम्झौता पत्रमा संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक र अस्पतालको तर्फबाट प्रशासक रविन पोखरेलले हस्ताक्षर गरेका छन् । अस्पतालको सेवामा नेचुरल सहकारीका सदस्यले ७ देखि ५० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
त्यस्तै शंखरापुर अस्पतालसँगको सम्झौतामा संस्थाका प्रमुख कार्यकारी सञ्चालक पाठक र अस्पतालका प्रमुख प्रशासकिय अधिकृत रुपक ढकालले हस्ताक्षर गरेको छ । उक्त अस्पतालले प्रदान गर्ने सेवामा ५ देखि १२ प्रतिशतसम्म छुट पाउने छन् । यस अघि पनि संस्थाले विभिन्न अस्पताल, सपिङ सेन्टर, होटल, रेस्टुराँ, विभिन्न सेवा प्रदायक कम्पनीसँग सम्झौता गरी सदस्यलाई राहत प्रदान गर्दै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
