गण्डकीका सहकारीकर्मीले प्रदेश सरकारलाई बुझाए १३ बुँदे माग पत्र
पोखरा : गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार रोशन अर्यालले सहकारीको समग्र अभियानप्रति सकारात्मक सन्देश प्रवाहका लागि आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । सहकारी समस्या समाधान संयोजन समितिका तर्फबाट सरकार समक्ष राखिएका १३ बुँदे मागहरु बुझेपछि रजिष्ट्रार अर्यालले यस्तो बताएका हुन् ।
‘सहकारीका समस्या सबै मिलेर समाधान गर्नु पर्छ । यो आम जनतासँग प्रत्यक्ष जोडिएको विषय हो । सहकारी अभियान, सरकार र सदस्यहरुको समेत सहभागितामा सहकारीका समस्या समाधान गरी सहज रुपमा अगाडि बढ्न प्रतिवद्ध छौं’, उनले भने ।
सहकारी अभियानका तर्फबाट राखिएका मागका सम्बन्धमा मन्त्रालय लगायत सरोकारवालाहरुसँग छलफल गरेर समस्या समाधानका लागि सकारात्मक निकास निकाल्न आफुहरु प्रतिवद्ध रहेको भन्दै उनले अभियान र रजिष्ट्रार कार्यालयबीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
राष्ट्रिय सहकारी महासंघले गठन गरेको सहकारी समस्या समाधन संयोजन समितिका तर्फबाट महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को नेतृत्वमा गएको सहकारीकर्मीहरुको टोलीले आइतबार रजिष्ट्रार अर्याललाई माग पत्र बुझाएको थियो ।
महासंघका सञ्चालक जिसी, नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरी, राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका सदस्य चन्द्रा पराजुली, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला, जिल्ला सहकारी संघ पर्वतका उपाध्यक्ष लाल बहादुर अधिकारी लगायतले माग पत्र बुझाउँदै सहकारीका समस्या समाधानका लागि सरकार संवेदनशिल हुनु पर्नेमा जोड दिए ।
संयोजन समितिले सहकारीका समस्या समाधान गर्नका लागि पेश गरेका १३ बुँदे मागका बारेमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले जानकारी गराए । माग पत्र बुझाउनु भन्दा पहिला जिल्ला सहकारी संघ कास्कीको संयोजनमा संघको सभाहलमा समसामयिक विषयमा अन्तरक्रिया भएको थियो ।
सहकारीमा पछिल्लो समयमा देखिएका समस्या समाधानका लागि अभियानकर्मीहरुको थप सक्रियता, समन्वय र सहकार्यका साथै अन्य सरोकारवालाहरुसंग समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिइएको थियो ।
सहकारीमा देखिएको समस्याको पहिचान र व्यवस्थापनका लागि सहकारीका सञ्चालकहरुको सक्रियता र सदस्यसंगको सम्बन्ध बढाउनु पर्नेमा सहभागीहरुको जोड थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
