नेपालको कृषि सहकारी केन्द्रीय संघ विश्वकै उत्कृष्ट
काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) अवार्ड २०२३ प्राप्त गर्न सफल भएको छ।
एफएओ युएनले महासंघका सदस्य संघलाई विश्वभरका आफ्ना साझेदार संस्थाहरुमध्ये सर्वोत्कृष्ट साझेदार संस्थाका रुपमा अवार्ड प्रदान गरेको संघका अध्यक्ष खेम पाठकले जानकारी दिए । एफएओले संघलाई सहकारी सुशासन कायम गरेको, संस्थागत विकास गर्नका लागि क्षमता अभिबृद्धि गरेको, साना किसानाका जटिल कृषि तथा आर्थिक समस्याहरुलाई नीति निर्मातासम्म पु¥याउन सक्षम भएको, नेपालमा भोकमरी र कुपोषण अन्त्यका लागि वकालत गर्न सक्षम भएको भन्दै पुरस्कृत गरेको हो ।
११ बैशाखमा एफएओको हेडक्वार्टर इटलीको रोममा सो अवार्ड प्रदान गरिएको थियो । अवार्ड लिन संघका अध्यक्ष पाठक रोम पुगेका थिए । साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघले विहीबार संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर अवार्ड प्राप्त गरेको जानकारी गराएको हो ।

त्यसैगरी पत्रकार सम्मेलनमा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई नेपाल सरकार र एशियाली विकास बैंकको अनुदानमा सञ्चालन भएको प्रोजेक्टमा उत्कृष्ट कार्य गरेकोमा वेष्ट प्रोजेक्ट म्यानेजमेन्ट अवार्ड प्रदान गरेको समेत जानकारी गराइएको थियो ।
ग्रामीण उद्यम वित्तिय परियोजनाका लागि ५ अर्ब ६५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण प्रवाह गरी व्यवसायीक कृषि विकासमा उत्कृष्ट कार्य गरेको भन्दै सो अवार्ड दिएको संस्थाका सिइओ डा. शिवराम प्रसाद कोइरालाले बताए ।
नेपाल कृषि सहकारी केन्द्रीय संघमा ७७ जिल्लाका १२ सय सहकारी संस्था आवद्ध छन् । देशभर १२ लाखभन्दा बढी घर परिवार साना किसान सहकारी संस्थामा आवद्ध भएको समेत संघले जनाएको छ। जसमध्ये ८२ प्रतिशत महिला सदस्य आवद्ध भएको संघले जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
