सहकारीका सञ्चालकहरु स्वनियमनमा बस्न रुचाएनन्: गोपीनाथ मैनाली
काठमाडौं : नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले सहकारी व्यवस्थापन समितिले केही सहकारी संस्थाको दायित्व फरफारक गर्न सकेको भए सहकारीप्रति सदस्यको विश्वास बढ्न सक्ने बताएका छन् ।
सहकारी हकहित राष्ट्रिय समाज र काठमाडौं महानगर सहकारी विभागको आयोजना भएको तालिममा ‘सहकारीका समस्या, चुनौती र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै मैनालीले भने, ‘राज्यले चार पाँच वटा संस्थाको समस्या समाधान गर्न सकेको भए सहकारीप्रति सदस्यको विश्वास बढ्थ्यो । यदि सहकारी बिग्रियो भने राज्यले व्यवस्थापन गर्छ र हाम्रो बचत फिर्ता पाईन्छ भन्ने विश्वास सदस्यमा जाग्रित हुन्थ्यो।’
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व सचिव समेत रहेको मैनालीले पालिकाका कर्मचारीले सहकारी नै बुझेको समेत बताए । ‘संघीय सरकारले ध्यान दिएर काम गर्नुपथ्र्यो, तर त्यो गर्ने सामथ्र्य नै राखेन । स्थानिय र प्रदेश सरकारले संघलाई टेरेनन् ।’
संघ, प्रदेश र स्थानिय सरकार बुबा र छोरीछोरी जस्तै भएको भन्दै उनले एक आपसमा सहकार्य र सामञ्जस्य गर्नुपर्ने औंल्याए । ‘यहाँ त मेरो नियमन क्षेत्र भित्रको सहकारीको म आफैँ नियमन गर्छु, संघ र प्रदेशबाट किन नियमन गर्न आउनु पर्यो भन्ने कुराले झन् समस्या थपिए छ । तीन तहबीच सहकार्य र सामथ्र्य विकास गरेको भए सहकारीमा यस्तो समस्या आउने थिएन’, मैनालीले भने ।
‘सहकारीमा स्वनियमन भने पनि सदस्यले मात्र त्यसको नियमन गर्न सकेनन् । सञ्चालकहरु पनि त्यसमा बस्न रुचाएनन् । यसले पनि समस्या बढाएको हो’, उनले भने ।
सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघले हरेक ३ महिनामा ठूला सहकारीको नियमन तथा अनुगमन गर्न सके सहकारी क्षेत्रलाई सुधार गर्न सकिने उनको तर्क छ । सहकारीमा समस्या आएको र एकले अर्कालाई दोष लगाएर समस्या समाधान नहुने भएकाले अभियान र राज्य मिलेर जानुको विकल्प नरहेको मैनालीले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
