२३ कात्तिक २०८३, सोमबार

रोयल सहकारीको बार्षिकोत्सवमा सहकारी सचेतनादेखि मानव कल्याणका विविध कार्यक्रम

२०८० वैशाख १०, आईतवार
रोयल सहकारीको बार्षिकोत्सवमा सहकारी सचेतनादेखि मानव कल्याणका विविध कार्यक्रम

काठमाडौं : कामाडौंको बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ ।

संस्थाले २६ औं बार्षिकोत्सवको अवसरमा सदस्य भेटघाट, सहकारी सचेतना, सामाजिक सेवा एवं मानव कल्याणका विविध कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

संस्थाले प्रधान कार्यालय परिसरमा बृहत रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको छ। त्यस्तै बुढानिलकण्ठ सामाजिक सेवा केन्द्र, जेष्ठ नागरिक नर्रिङ स्याहार केन्द्र, दक्षिणकाली काठमाडौं र द्वन्द्व पिडित अपाङ्ग समाज नेपाल, शाखु काठमाडौंलाई खाद्य सामग्री वितरण, तारकेश्वर ना.पा.–५, बसाहचौर स्थित दृष्टि विहिन बालबालिका शैक्षिक केन्द्रमा शैक्षिक सामग्री तथा खाघान्न वितरण गरी स्थापना दिवस मनाएको छ ।

त्यस्तै सेवा केन्द्र कार्यालय फर्पिङ, साँखु, टोखा, बुढानिलकण्ठ र शेषमतीको आयोजनामा सहकारी जनचेतना अभिवृद्धि कार्यक्रम समेत सम्पन्न गरेको छ ।

 

अभिलेख

लोकप्रिय