२ सय सदस्यलाई उद्यमी र स्वरोजगार बनाउँदै विकू
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले एकै पटक २ सयभन्दा बढी सदस्यलाई उद्यमी बनाउने भएको छ ।
विकू बचतले सदस्यलाई उद्यमी र स्वरोजगार बनाउने उद्देश्यले बैशाख ११ गतेदेखि विभिन्न किसिमका ३५ दिने तालिम सुरु गर्न लागेको हो । संस्थाले व्यावसायिक तथा सिप विकास केन्द्र पोखरा, कास्कीको सहकार्य र लुम्बिनी पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि को प्राविधिक सहयोगमा ३५ दिने व्यूटिसियन, वेटर/वेट्रेस र मोबाइल फोन मर्मत तालिम सुरु गरेको छ ।
संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाको अध्यक्षता तथा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुषालको प्रमुख आतिथ्यतामा तालिमको शुभारम्भ भएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले राखेका थिए । कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतम, लुम्बिनी पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि का प्रबन्ध निर्देशक अरुण अर्याल, नवलुम्बिनी सेवा केन्द्र व्यवस्थापन उप समिति संयोजक गणेश मान महतो, कावासोति सेवा केन्द्र व्यवस्थापन उप समिति संयोजक दुर्गा ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा सहभागी मध्येबाट टेक बहादुुर थनेतले विकू सहकारीले तालिमको अवसर सिर्जना गरेकोमा खुशी व्यक्त गर्दै सहभागिहरुले तालिमको सही सदुपयोग गर्नु पर्ने कुरामा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि भुषालले स्थानिय पालिका तथा नेपाल सरकारले गर्नुपर्ने काम विकूले गरेकोमा खुशी व्यक्त गर्नुका साथै आफुले गर्नुपर्ने सहयोग हरेक समय गर्ने प्रतिवद्धता गरे ।
कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा सञ्चालक समिति, विभिन्न उप-समितिका पदाधिकारीहरु र तालिमका सहभागिहरुको उल्लेखिय उपस्थिति रहेको थियो । तालिम यही वैशाख ११ गतेबाट ३५ दिनसम्म सञ्चालन हुने छ भने २०० जना भन्दा बढीको सहभागिता रहने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
