२३ कात्तिक २०८३, सोमबार

झण्डै एक वर्षपछि राष्ट्रिय सहकारी बैंकले घटायो ब्याजदर

२०८० वैशाख ८, शुक्रबार
झण्डै एक वर्षपछि राष्ट्रिय सहकारी बैंकले घटायो ब्याजदर

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजदेखि (बैशाख ८) लागू हुनेगरी ब्याजदर परिवर्तन गरेको हो । बैंकले २०७९ बैशाख १५ गतेदेखि ब्याजदर परिवर्तन गरेको थिएन ।

नयाँ ब्याजदर अनुसार साधारण बचतमा ४.२५ देखि ४.५० प्रतिशत, क्रमिक बचतमा ९.७५ प्रतिशतदेखि १०.७५ प्रतिशत, सुपर बचतमा ४.७५ देखि ५.२५ प्रतिशत, एनसिबिएल समुन्नत बचत खातामा ५ प्रतिशतदेखि ५.७५ प्रतिशत, एनसिबिएल प्रिमियम बचत खातामा ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतसम्म, अनिवार्य नियमित बचतमा १० प्रतिशत र विशेष बचतमा ४.७५ प्रतिशतदेखि ४.७५ प्रतिशत कार्यम गरेको छ। त्यस्तै मुद्दती निक्षेपमा १०.७५ प्रतिशतदेखि ११.७५ प्रतिशत कायम गरेको छ।

त्यस्तै कर्जातर्फ पनि घटाएको छ । कृषि तथा परियोजना कर्जा, मौसमी कर्जा, पर्यटन, घर घडेरी खरिद तथा भवन निर्माण कर्जा र उत्पादन प्रशोधन लगायत शिर्षकका कर्जाहरुमा १०.५० प्रतिशतदेखि १३.२५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

बैंकले यसअघि मुद्दतीमा १३.५० प्रतिशतसम्म ब्याजदर दिँदै आएको थियो । यसअघि कर्जामा १४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

अभिलेख

लोकप्रिय