सहकारी महासंघले सदस्यलाई भन्यो- ‘कानुनी उपचारको बाटो अवलम्बन गर्नू’
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले अर्थतन्त्रमा देखिएको वर्तमान चुनौतीलाई ध्यानमा राखेर सदस्यहरूले धैर्यतापूर्वक कारोबार गर्नुहुनका साथै आवश्यक परेको खण्डमा कानुनी उपचारको बाटो अवलम्बन गर्न आमसदस्यहरूलाई अपिल गरेको छ।
महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सहकारीको सदस्य बन्नु भनेकै संस्थाको दायित्व बहन गर्दै नीति निर्माणमा समेत सहभागी हुनु भएको बताएको छ । सहकारी संस्थाहरुले सदस्यहरुसँग नियमित सम्र्पक गरी संस्थाको विषयमा पारदर्शी रुपमा जानकारी गराउन समेत महासंघले विशेष अनुरोध गरेको छ ।
कुनै सहकारीमा गम्भीर समस्या आएको खण्डमा सदस्यहरुले विशेष साधारण सभा बोलाएर समाधान खोज्न महासंघले अनुरोध गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘विश्वव्यापी आर्थिक संकुचनको असर सहकारी क्षेत्रमा मात्र नभई समग्र क्षेत्रमा परेको सन्दर्भमा सहकारी अभियानलाई नै बदनाम गर्ने मनसायले अमानवीय क्रियाकलापसमेत हुन थालेकाले तीनवटै तहका सरकारलाई यस विषयमा संवेदनशिल हुन समेत अनुरोध गर्दछौं । हाल केही व्यक्तिको समूहले सहकारीको ऋण नतिर्न खुला रूपमा अफवाह फैलाउँदा समेत राज्यले कार्वाहीको दायरामा ल्याउन नसक्नु दुःखद् विषय हो । यस्ता गैरकानुनी क्रियाकलाप गर्ने व्यक्तिहरुलाई कडा भन्दा कडा कारबाही गर्न र यस्ता घटना हुन नदिनका लागि राज्यबाट सहकारी संघ/संस्था, कर्मचारी, संचालक तथा सदस्यको सुरक्षाको पूर्ण प्रत्याभुत गराउन समेत जोडदार माग गर्दछौं ।’
यो पनि पढ्नुहोस्
सदस्यबाटै सञ्चालक र कर्मचारी असुरक्षित, जिउधनको सुरक्षाको लागि सरकारसँग माग
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
