२३ कात्तिक २०८३, सोमबार

आईडियल सहकारीमा तरलता बढ्यो, जगेडा कोषमा ८ करोड ३१ लाख

२०८० वैशाख ७, बिहिबार
आईडियल सहकारीमा तरलता बढ्यो, जगेडा कोषमा ८ करोड ३१ लाख

सप्तरी : राजविराज–४, सप्तरीमा केन्द्रीय कार्यालय रहेको आईडियल सहकारी संस्थामा तरलता बढेको छ ।

गत वर्षको फागुन मसान्तको तुलनामा चैत्र मसान्तमा १.४३ प्रतिशतले तरलता बढेको हो । फागुन महिनामा संस्थासँग १४ करोड ७३ लाख ७५ हजार २४ रुपैया (१७.७६ प्रतिशत) तरलता रहेकोमा चैत्र मसान्तमा आईपुग्दा १६ करोड १३ लाख ३२ हजार ९ सय ७९ रुपैयाँ (१९.१० प्रतिशत) पुगेको छ।

संस्थाले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थामा १३ हजार ९ सय ८ जना सदस्य आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी ११ करोड ७५ लाख ६ हजार ९ सय रुपैयाँ रहेको छ । संस्थाको साधारण जगेडा कोषमा ८ करोड ३१ लाख ५७ हजार १ सय ८३ रुपैयाँ, अन्य कोषहरुमा १ करोड ९९ लाख ४६ हजार १ सय ६ रुपैयाँ, कुल संस्थागत पुँजी ८ करोड ६८ लाख ६७ हजार ६ सय २ रुपैयाँ, कुल बचत ८४ करोड ४४ लाख ६० हजार ९ सय ८१ रुपैयाँ र ऋण लगानी ८३ करोड ३६ लाख ११ हजार ७ सय ३७ रुपैयाँ र कुल सम्पत्ति १ अर्ब १७ करोड ९ लाख ८९ हजार ८ सय ६३ रुपैयाँ रहेको छ ।

संस्थाबाट १ हजार २ सय ८७ जनाले कर्जा लिएको प्रकाशित विवरणमा उल्लेख छ।

अभिलेख

लोकप्रिय