सहकारीको डकुमेन्टलाई डिजिटलाइजेसन गर्दै आकाश डिजिटल
कास्की : आकाश डिजिटल पेमेन्ट प्रा.लि.ले सहकारीको डकुमेन्टेसनलाई डिजिटलाइजेसन गर्दै आएको छ । कम्पनीले बनाएको सफ्टवेयरले सहकारीको कर्जासँग सम्बन्धित सम्पूर्ण कागजातको र रेकर्डको व्यवस्थापन गर्ने काम गर्दछ ।
कर्जाको आवेदनदेखि कर्जाचुक्ता नहुँदासम्मका सम्पूर्ण कागजात, लिलामी कागजात, दर्ता चलानी, कर्जाको फलोअप र कर्जासँग सम्बन्धित कागजातको म्याद समाप्ती लगायतका कामलाई व्यवस्थापन गर्ने कार्य गर्दछ । यसको प्रयोगबाट कर्जासँग सम्बन्धित तमसुक, आवेदन फारम लगायतका कागजात एकै पटक प्रिन्ट गरेर राख्दा हुने आर्थिक भारलाई कम गर्न मद्दत समेत गर्दछ । साथै कर्मचारीले हातले विवरण भर्दा हुने त्रुटीका कारणले भविष्यमा पर्न सक्ने कानूनी जटिलतालाई कम गर्न मद्दत गर्दछ ।
साथै कर्जा लगानीका समयमा लाग्ने समयलाई ९० प्रतिशतसम्म कम गर्ने कम्पनीको दाबी छ । सफ्टवेयमा रहेको कर्जाको फलोअप रेकर्डले कर्जाको फलोअप रेकर्डलाई अत्यन्त सहज बनाई प्रयोगकर्तालाई नोटिफिकेसन सहितको ड्यासबोर्डको माध्यमले व्यवस्थित गराउँदछ । यसमा रहेको दर्ता चलानी किताबको सहायताबाट कार्यालयमा आउने जाने पत्र तथा कागजातको पारदर्शिता कायम गरी कागजात व्यवस्थापन सहज गराउँछ ।
कर्मचारीको समयको बचत, कार्यमा उत्प्रेरित गराउने, कागजी डकुमेन्ट त्रुटी रहित, सहकारीका लागि व्यवस्थित कागजी डकुमेन्ट, सबै प्रक्रियागत कार्य, असुली तथा ताकेतामा सहयोग साथै धितो मुल्यांकन, धितो अनुसन्धान र लिलामसम्मका सबै कागजात यस सिस्टमले तयार गर्ने कम्पनीले जनाएको छ।
तमसुकमा हुने दस्तखत बाहेक अन्य कुनै ठाउँमा कलमको प्रयोग गर्नु नपर्ने अधिकांश सुविधासहित निर्माण गरिएको यस सिस्टम हाल नेपालका ठुला तथा साना सहकारीहरुले प्रयोग गर्दै आएका छन् ।
यसै बीच आकाश डिजिटल पेमेन्ट र युनिक साकोस, चितवन बीच सहकारीको डकुमेन्टेसन डिजिटलाइजेसन गर्ने सम्झौता भएको छ ।

‘समुदायको पहिलो रोजाइको उत्कृष्ठ साकोस’ को परिकल्पना लिई सञ्चालन भइरहेको समुदायमा आधारित यस साकोसले सदस्य हितमा रही बचत तथा ऋण लगायत विभिन्न सदस्य सेवा केन्द्रीत कार्यक्रमहरुलाई अगाडि बढाएको छ । २ लाख ७० हजार रुपैयाको शेयर पुँजीबाट सुरुभएको यूनिक सहकारीमा हाल ११ हजार ४ सय ०८ सेयर सदस्य आबद्ध र २ अर्ब १३ करोड भन्दा बढिको वासलात रहेको छ । संस्थाको संस्थागत पुँजी १४ करोड ८७ लाख को रहेको छ । ऋण जोखिक कोषमा ६ करोड ७७ लाख ६५ हजार रहेको प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले जानकारी दिए ।
२०६५ असार ९ गते स्थापना भएको यस साकोसले रत्ननगरमा भव्य सुबिधा सम्पन्न आपनै भबनमा भएको मुख्य कार्यालय र अन्य ६ वटा सेवा केन्द्र मार्फत सदस्यहरुलाई सेवा दिंदै आइरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
