२३ कात्तिक २०८३, सोमबार

सदस्यबाटै सञ्चालक र कर्मचारी असुरक्षित, जिउधनको सुरक्षाको लागि सरकारसँग माग

२०८० वैशाख ६, बुधबार
सदस्यबाटै सञ्चालक र कर्मचारी असुरक्षित, जिउधनको सुरक्षाको लागि सरकारसँग माग

काठमाडौं : सदस्यहरु बाटै सहकारीका सञ्चालक र कर्मचारी असुरक्षित भएका छन् ।

मंगलबार भक्तपुर गठ्ठाघरस्थित कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक समीर खत्रीलाई सदस्यले कुटपिट, कालोमोसो दली जुक्ताको माला लगाएका थिए ।

उक्त घटनाको सहकारी संघहरुले विरोध गरेका छन् । मंगलबारको घटना बारे राष्ट्रिय सहकारी महासंघले विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘सहकारी संस्थाका व्यवस्थापन प्रमुखमाथि भएको यस्तो व्यवहारको महासंघ घोर भर्त्सना गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘सहकारी संघ÷संस्थाका सञ्चालक तथा कर्मचारीहरूको जिउधनको पूर्ण सुरक्षाका लागि नेपाल सरकारसँग यस महासंघ जोडदार माग गर्दछ ।’

अभिलेख

लोकप्रिय