नेपालमै पहिलो पटक चन्द्रागिरि सहकारीले सुरु गर्यो स्मार्ट सापटी सेवा
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले मोबाईल बैकिङ सेवाको प्रयोगकर्ताहरुको लागि स्मार्ट सापटी सुविधा सुभारम्भ गरेको छ । संस्थाले २२औं स्थापना दिवसको अवसर पारेर आजबाट संस्थाका सदस्यहरुलाई अत्यावश्यक परेको समयमा मोबाईल बैंकिङ सेवाको माध्यमबाट तुरुन्तै आफ्नो खातामा सापटी रकम रुपमा प्राप्त गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए । कुनै पनि कागजात र कार्यालयमा उपस्थित नभइ स्वचालित रुपमा सापटी लिन सकिने संस्थाले जनाएको छ ।
संस्थाले कोर बैकिङ सफ्टवेयर सेवा प्रदायक कम्पनी प्रिमियम टेक्नोलोजीको प्रिमियम सिबिएस र मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एमबैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गर्दै आएको छ । दुबै कम्पनीको सहकार्यमा संस्थाले स्मार्ट सापटी सुविधा सुभारम्भ गरेको हो । अब प्रिमियम सिबिएस र एम बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गर्ने सहकारीहरुले पनि यो सेवा सुरु गर्न सक्नेछन् ।

खातामा ब्यालेन्स सकिएको बेला तत्काल कुनै विलको भुक्तानी गर्ने, टपअप तथा रिजार्ज गर्ने, सानो सानो रकमहरु भुक्तानी गर्ने कार्यको लागि खासगरी विद्यार्थी र युवा सदस्यहरुको लागि यो सेवा उपयोगी हुने विश्वास गरिएको श्रेष्ठले बताए । हाललाई परीक्षणको रुपमा न्युनतम १० रुपैयाँ देखि अधिकत २ हजारसम्म सापटी लिन सकिने व्यवस्था गरिएको छ । क्रमशः यस सेवाको प्रभावकारीताको मुल्याङ्कन पछी उक्त सिमा बृद्धि गर्ने योजना संस्थाको रहेको उनले बताए ।
सदस्यले लिएको सापटी मध्ये १ हजारसम्मको सापटीमा २४ घण्टासम्म ब्याज नलाग्ने व्यवस्था रहेको छ । एक पटक लिएको सापटी ३० दिनसम्म चलाउन सकिनेछ भने साफटी फिर्ता हुने वित्तीकै जुनसुकै बेलामा पुनः सापटी लिन सकिने व्यवस्था गरिएको छ । सापटी आवश्यक हुने सदस्यले मोबाईल बैंकिङ एप मार्फत आवेदन गरे पछि आवेदकको साख मूल्याङ्कन भई स्वर्त आवेदन स्विकृत हने व्यवस्था गरिएको संस्थाले जनाएको छ।
त्यसैगरी स्थापनाको २२ वर्ष पुरा गरेको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा संस्थाले ऋणको बिमा गरेका दिवगंत सदस्य मनहरि रिमालको हकवाला श्रीमती मैया रिमाललाई बिमक कम्पनी सिटिजन लाईफ इन्सोरेन्स लघुवित्त विशेषज्ञ शिव अधिकारीको रोहबरमा बिमाको दावी भुक्तानी तथा काजक्रिया खर्च समेत भुक्तानी गरेको थियो । साथै संस्थाको उच्च शिक्षा छात्रवृत्ति कोषमा भानु प्रकाश ढकालबाट एक लाख सहयोग प्राप्त भएको थियो ।

स्थापना दिवस व्यवस्थापन उप समितिका संयोजक तथा संस्थाका उपाध्यक्ष हरिहर सिग्देलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक सदस्यहरु, सल्लाहकारहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति, कर्मचारी व्यवस्थापनका साथै प्रविधि साझेलदार कम्पनी एम बैंक र प्रिमियम टेक्नोलोजीको समेत सहभागिता रहेको थियो ।
संस्थामा हाल १६ हजार ९८४ जना सदस्य, १७ करोड ६३ लाख शेयर पुँजी, १० करोड ६३ लाख संस्थागत पुँजी, २ अर्ब ५० करोड बचत र २ अर्ब ३ करोड ऋण लगानी गरी कुल सम्पत्ति ३ अर्ब ८ करोडको रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
