२३ कात्तिक २०८३, सोमबार

किसान कल्याणका ३६ सदस्यले सिके नयाँ सिप

२०८० वैशाख ६, बुधबार
किसान कल्याणका ३६ सदस्यले सिके नयाँ सिप

इटहरी : किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले ३६ जना सदस्यलाई सेनिटरी प्याड बनाउने तालिम प्रदान गरेको छ । संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरिएको कार्यक्रमको बारेमा प्रकाश पार्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले बताए ।

सहकारीले बेला बेला प्रदान गर्ने तालिम कार्यक्रममा सेयर सदस्यहरु सहभागि हुने गरेपनि व्यावहारिक रुपमा भने कमले मात्रै तालिमको सदुपयोग गर्ने गरेको अधिकृत बस्नेतको भनाई थियो । लियो क्लबवकी अन्जली घिमिरे लगायत ४ जना प्रशिक्षकहरुले किसान कल्याणकै सभाहलमा मंगलबार तालिम सन्चालन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रशिक्षक अन्जली घिमिरेले सेनिटरी प्याड बनाउने तालिम एकदमै सहज र सरल भएको हुनाले आफैले बताएर प्रयोग गर्न सके लाखौँ रुपैँया विदेश जानुबाट रोक्न सकिने बताईन ।

सहभागिहरुलाई संस्थाका सञ्चालक अध्यक्ष शालिकराम ढकालले प्रमाणपत्र प्रदान गरेका थिए । संस्थाले सदस्यलाई उत्पादनसँग जोड्ने हिसावले समय समयमा बिभिन्न तालिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको ढकालले बताए ।

किसास कल्याणले केहि समय अघिमात्रै युवा क्लवका सदस्यहरुलाई बैठक सन्चालन तथा माइन्युट लेखन साथै उद्घोषण लगायतका तालिमको आयोजना गरेको थियो भने केहि समय अघिमात्रै संस्थाका ८० भन्दा बढी सदस्यलाई झापा र सप्तरीका बिभिन कृषि फर्महरुको अध्ययन तथा अवलोकन भ्रमणमा समेत लगेको थियो । संस्थाले सदस्यहरुको जीवन स्तर उठाउनको लागी आत्मनिर्भर बन्न सक्ने बिभिन्न तालिमका कार्यक्रमहरुको आयोजना गरिरहने र यसबाट फाइदा पुग्ने विश्वास लिएको छ ।

अभिलेख

लोकप्रिय