२३ कात्तिक २०८३, सोमबार

२३ वर्षमा चन्द्रागिरि बचत, जवाफदेही र उत्तरदायी भएर कार्य प्रतिवद्धता

२०८० वैशाख ६, बुधबार
२३ वर्षमा चन्द्रागिरि बचत, जवाफदेही र उत्तरदायी भएर कार्य प्रतिवद्धता

काठमाडौं : चन्द्रागिरि-७, थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था स्थापनाको २२औं वर्षमा प्रवेश गरेको छ। सानो पुँजी, थोरै बचत तर दिगो संकल्पका साथ २५ जना व्यक्तिबाट चन्द्रागिरिले सेवा सुभारम्भ गरेको थियो । २२ औं स्थापना दिवससम्म आईपुग्दा संस्थाले सहकारी क्षेत्रमा एउटा बेग्लै पहिचान बनाउन सफल भएको संस्थाको दाबी छ ।

संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुवँरले कृतज्ञता प्रकट गर्दै भनेका छन्, ‘कोभिड १९ जस्तो विश्वव्यापी महामारीको समयमा निर्भिकता पूवर्क सेवा प्रवाह गरेर होस् या विश्वव्यापी आर्थिक मन्दी र वित्त बजारमा तरलताको चाप रहेको समयमा वित्तीय सक्षमता कायम गरेर वा अन्य आरोह र अवरोहहरूको सबलताका साथ सामना गरेर, यस संस्थाले निरन्तर सदस्य, समुदाय र सरोकारवाला निकायहरू प्रति उत्तरदायी भई दिगो र भरपर्दो सहकारी वित्तीय सेवा प्रवाह गरिरहेको छ ।’
संस्थामा आवद्ध सदस्यहरूमा वित्तीय सचेतना फैलाउने, बचत गर्ने वानीको विकास गराउँदै पुँजी निर्माण गर्ने, उत्पादनमूलक र उद्यमशीलता प्रवर्द्धन गर्ने क्षेत्रमा ऋण परिचालन गर्दै सदस्यहरूमा रोजगारी सृजना गर्ने कार्य संस्थाले गर्दै आएको छ।

सदस्यहरूको जीवनयापनमा आईपर्ने विभिन्न अवस्थाहरूमा सामाजिक सुरक्षाका सुविधामार्फत सेवा पुर्याउनुका साथै प्रविधिमा आधारित अत्याधुनिक सेवा तथा वित्तीय समावेशीकरणका लागि लघुवित्त सेवा र अन्य विभिन्न कृयाकलापहरूबाट समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक पक्षहरूमा कार्य गर्दै दिगो विकास लक्ष्यमा योगदान समेत गर्दै आएको संस्थाका अध्यक्ष कुवँरले बताए ।

सुशासन, वित्तीय सक्षमता र दिगो सेवालाई मुख्य केन्द्रविन्दु बनाइ आफ्ना सदस्यहरूलाई बजारमा वित्तीय संकुचन रहेको अवस्थामा समेत पर्याप्त तरलता संचय कायम गरी ऋण लगानीलाई समेत निरन्तरता दिन सफल भएको उनले बताए ।

संस्थाले अगामी दिनहरू अझ प्रभावकारी ढंगले सदस्य सेवामा लाग्ने र सेवाहरू विस्तार गर्ने कुरामा अध्यक्ष कुवँरले प्रतिवद्धता समेत जनाएका छन् । ‘संस्था वित्तीय सहकारी मात्र हैन’, उनले भने, ‘आर्थिक सशक्तिकरण र समृद्धिको साझा लक्ष्य हासिल गर्नका लागि समान उद्देश्य भएका व्यक्तिहरूले संचालन गरेको समुदाय पनि भएको हुँदा हामी सधै यस प्रति जवाफदेही र उत्तरदायी भएर कार्य गर्नेछौं ।’

संस्थामा १६ हजार ९ सय ८४ जना सदस्यहरू आवद्ध भएका छन् । संस्थाको १७ करोड ६३ लाख सेयर पुँजी, १० करोड ६३ लाख संस्थागत पुँजी, २ अर्ब ५० करोड ६५ लाख बचत निक्षेप, २ अर्ब ३ करोड ऋण लगानी र ३ अर्ब ८ करोड कुल सम्पत्ति रहेको छ । त्यसैगरी संस्थामा हाल तरलता २६ प्रतिशत कायम रहेको छ ।

अभिलेख

लोकप्रिय