२३ कात्तिक २०८३, सोमबार

कृषि विकास सहकारीका निर्देशकलाई कालोमोसो दली जुत्ताको माला लगाउने ५ पक्राउ

२०८० वैशाख ५, मङ्गलबार
कृषि विकास सहकारीका निर्देशकलाई कालोमोसो दली जुत्ताको माला लगाउने ५ पक्राउ

काठमाडौं : भक्तपुरको गठ्ठाघरस्थित कृषि विकास बचत तथा ऋण सहकारी संस्था प्रबन्ध निर्देशक समिर खत्रीलाई सदस्यहरुले कालोमोसो दली जुत्ताको माला लगाएका छन् । संस्थाले बचत फिर्ता नदिएको भन्दै सदस्यहरुले प्रबन्ध निर्देशक खत्रिलाई कालोमोसो दली जुत्ताको माला लगाएका हुन् ।

जुत्ताको माला लगाउने पाँच जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार खत्रीलाई हातपात गरी कालो मोसोसमेत दली जुत्ताको माला लगाउने उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ धुन्चेपाखा बस्ने वर्ष ४४ को मुरारी नेपाल, ओखलढुंङगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष ३६ कि प्रेमकुमारी तामाङ, झापा कोहोरा गा.पा. ०२ घर भई हाल गठ्ठाघर बस्ने वर्ष ३९ को कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ०९ बोडे बस्ने वर्ष ६३ को गोरखबहादुर गिरी र ओखलढुङगा लिखु गा.पा.वडा नं. ०४ घर भई हाल कौशलटार बस्ने वर्ष ३४ की पबित्रा तामाङ रहेका छन् ।

अभिलेख

लोकप्रिय