किसान बहुउद्देश्यीय सहकारीको कोषमा मात्रै ७९ करोड
कैलाली : लम्कीचुहा-१, कैलालीमा प्रधान कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारीले २०७९ चैत्र मसान्त सम्मको अपरिष्कृत वित्तीय सार्वजनिक गरेको छ ।
संस्थाले जारी गरेको वित्तीय विवरण अनुसार सेयर पुँजी ३८ करोड ४७ लाख १२ हजार पाँच सय रुपैयाँ रहेको छ । संस्थासँग जगेडा कोषमा २० करोड ६१ लाख २ हजार ६ सय २८ रुपैयाँ र अन्य विभिन्न कोषहरुमा ५९ करोड ३८ लाख ४२ हजार ५ सय २२ रुपैयाँ रहेको छ ।
संस्थामा ७८ हजार ६ सय ५३ सदस्यको ३ अर्ब ४८ करोड ४० लाख ३ सय २४ रुपैयाँ बचत रहेको छ भने ३५ हजार ८ सय १० जनाले ४ अर्ब २७ करोड ४२ लाख १९ हजार ३ सय ३८ रुपैयाँ कर्जा लिएका छन् । ५ अर्ब २६ करोड ८१ लाख ९० हजार ९ सय ८१ रुपैयाँ कुल सम्पत्ती रहेको संस्थासँग ६४ करोड १७ लाख ४८ हजार ९९ रुपैयाँ लगानी योग्य रकम (तरलता) अर्थात् २१.०५ प्रतिशत रहेको छ ।
संस्थाले १ प्रधान कार्यालय र ४१ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको छ । संस्थाको ४ वटा कोप एग्रो युनिट र ३ वटा कोप मार्ट समेत सञ्चालन गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
